ज्योति विकास बैंकको खुद नाफामा कमी
काठमाडौं । ज्योति विकास बैंकको खुद नाफामा कमी आएको छ । बैंकले आर्थिक वर्ष २०७९/८० मा ५५ करोड ३२ लाख एक हजार एक सय ७४ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकले यस्तो नाफा ६७ करोड एक हजार एक सय ५२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी चार अर्ब ३९ करोड ५७ लाख ८५ हजार आठ सय ८६ रुपैयाँ रहेको बैंकले आव २०७९/८० मा ६१ अर्ब १३ करोड ४४ लाख ७६ हजार तीन सय ८३ रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब १९ करोड ८७ लाख ९५ हजार ५३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ३६ करोड ८९ लाख १६ हजार छ सय ९२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा २२ करोड ७८ लाख ८९ हजार दुई सय १८ रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ५८ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने बैंकले ५३ अर्ब ७९ करोड २९ लाख ९९ हजार आठ सय ४४ रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ३१ करोड ४५ लाख ९४ हजार सात सय ७३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब दुई करोड ६२ लाख ४५ हजार चार सय १४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा २९ करोड दुई लाख ८९ हजार चार सय ३४ रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ५८ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया