Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसाधना लघुवित्तले कमायो दुई करोड ७९ लाख

साधना लघुवित्तले कमायो दुई करोड ७९ लाख


काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा दुई करोड ७९ लाख ४२ हजार पाँच सय ६४ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १२ करोड २० लाख ६४ हजार छ सय २४ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १८ करोड २२ लाख ५८ हजार तीन सय ४५ रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा एक अर्ब २८ करोड ३७ लाख ८५ हजार तीन सय ५७ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब आठ करोड ८४ लाख ६२ हजार पाँच सय ९३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड ५३ लाख एक हजार एक सय ८४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा २७ लाख ६२ हजार नौ सय ४४ रुपैयाँ रहेको संस्थामा तीन दशमलव ४४ प्रतिशत स्प्रेडदर रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले एक अर्ब ३४ करोड २१ लाख ९० हजार चार सय २६ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४२ करोड ६५ लाख २९ हजार एक सय १९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३३ करोड एक लाख एक हजार सात सय ६९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव २५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर छ दशमलव २४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया