Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसाना किसान लघुवित्तको खुद नाफा ८१ करोड ४१ लाख

साना किसान लघुवित्तको खुद नाफा ८१ करोड ४१ लाख


काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा ८१ करोड ४१ लाख ४५ हजार एक सय पाँच रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ६९ करोड ७३ लाख ४२ हजार आठ सय ३७रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी तीन अर्ब ३३ करोड १६ लाख १८ हजार दुई सय चार रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा १८ अर्ब ५५ करोड ५८ लाख ६४ हजार चार सय २० रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ३६ करोड ६८ लाख ७८ हजार दुई सय ३८ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा एक अर्ब ६६ करोड नौ लाख ८२ हजार चार सय १९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा एक अर्ब ७३ करोड ९३ लाख १८ हजार दुई सय ८८ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव ६१ प्रतिशत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया