Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाईखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने

माईखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने


काठमाडौं । माईखोला हाइड्रो पावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही असोज नौ गते हुने वार्षिक साधारणसभामार्फत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको हो ।

साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार आठ सय रुपैयाँमध्येबाट एक बराबर एक अर्थात् १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले काठमाडौंको धुम्बाराहीस्थित लर्ड पार्टी प्यालेसमा वार्षिक साधारणसभा गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया