Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफोनपे र एनआईपीएलद्वारा क्रस बोर्डर क्युआर भुक्तानीको सुरुवात

फोनपे र एनआईपीएलद्वारा क्रस बोर्डर क्युआर भुक्तानीको सुरुवात


काठमाडौं । नेपालको भुक्तानी सञ्चालक फोन पे र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा ‘एनआईपीयल’बीच क्रस बोर्डर क्युआर भुक्तानी सेवा सुरु गर्ने तयारी भएको छ । साझेदारीको बारेमा ग्लोबल फिन्टेक फेस्ट २०२३ मा अन्तिम विस्तृत छलफल भएको पेले जानकारी दिएको छ ।

फोनपे र एनआईपीयलबीचको यस सहकार्यले दुवै राष्ट्रका लाखौँ नागरिकलाई दुई नेटवर्कमा आबद्ध मोबाइल एप प्रयोग गरी विभिन्न स्टोरमा क्युआर कोडमार्फत सुरक्षित र सहजरूपमा भुक्तानी गर्न मद्दत गर्ने बताइएको छ । सो सेवाको लागि दुवै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेको बताएका छन् । प्राविधिक एकीकरणको समाप्तिपश्चात् यी दुई कम्पनी आफ्नो नेटवर्कमा आबद्ध सदस्यलाई सेवा प्रदान गर्न सक्षम हुने बताइएको छ । जसअनुरूप लाखौँ उपभोक्ता र व्यापारीले सेवाको लाभ लिन सक्ने बताइएको छ । दुई कम्पनीबीचको रणनीतिक साझेदारीले दुवै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिने बताइएको छ ।

फोनपेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालका अनुसार यो उल्लेखनीय प्रक्षेपण, दुवै देशका नागरिकको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम हो । ‘म विश्वस्त छु कि यस पहलले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पु-याउनेछ’ उनले भने ‘अन्ततः समृद्धि र विकासलाई बढावा दिनेछ ।’


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया