बीवाईडीको ‘डल्फिन अन द रोड’ अभियान
काठमाडौं । नेपालका लागि बीवाईडी अटो उद्योग कम्पनीको आधिकारिक वितरक सिमेक्स ईन्क प्रालिले ‘डल्फिन अन द रोड’ अभियान सञ्चालन गरेको छ । कम्पनीको सो क्याम्पेन बुधबारदेखि सुरु भएको र आगामी सोमबारसम्म चल्ने कम्पनीले जनाएको छ ।
कम्पनीको डल्फिन भदौ २६ गते नाडा अटो सोमा सार्वजनिक गर्ने तयारी छ । बीवाईडी डल्फिनलाई स्टाइलिस डिजाइनमा बेरेर काठमाडांैको सडकमा कुदाइएको छ । रोडमा डल्फिन कुदाएको भेटाएर त्यसको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक पोस्ट गर्नेले एक लाख रुपैयाँ जित्न समेत सक्ने पनि कम्पनीले जनाएको छ । डल्फिन भेटिएपछि सोको भिडियो बनाएर ह्यासट्याग बीवाईडी डल्फिन ह्यासट्याग डल्फिन अन द रोड लेखेर कम्पनीको आधिकारिक पेजमा ट्याग गरी पोस्ट गर्नुपर्ने बताइएको छ । सो पोस्ट गर्ने तीन भाग्यशाली विजेताले नगद एक लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ । यस्तै, अन्य आकर्षक पुरस्कार पनि पाइने बताइएको छ । साथै, प्रत्येक सहभागीले नाडा अटो सोमा सहभागी हुन निःशुल्क टिकटहरू पाउने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
- लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता
- सन नेपाल लाइफको प्रदेशस्तरीय मार्केटिङ म्यानेजर सम्मान कार्यक्रम
- भरतपुरको गीतानगरमा कृषि विकास बैंकको नयाँ शाखा
- सिद्धार्थ बैंकको व्यवस्थित लगानी कोषको आकार एक अर्ब नाघ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया