बुलिङ एयर ईभी किन्न नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा दिने
काठमाडौं । नेपाली बजारमा बुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन नबिल बैंकसँग सहकार्य गरेको छ ।
सम्झौताअनुसार बुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई नबिल बैंकले गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुई सय र तीन सय किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा बुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ । बुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । बुलिङ एयर ईभीचाहिँ इन्डोनेसियामा लोकप्रिय रहेको इलेक्ट्रिक कार हो । ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल (जीएसईभी) प्लेटफर्ममा बुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेको कम्पनीको भनाइ छ । बुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट वा ५० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले तीन सय किलोमिटर सम्मको रेन्ज दिन्छ ।
अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ । रिमोटबाटै सञ्चालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र एक सय रुपैयाँ खर्चमा तीन सय किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ । कम्पनीले नेपाली बजारमा छिटै अर्को नयाँ मोडेल बुलिङ विङ्गो फोर डोर ईभी पनि नेपाली बजारमा लन्च गर्ने तयारी गरेको कम्पनीका एसिस्टेन्ट जेनेरल म्यानेजर एनके शरदले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया