पुँजीबजारमा संकट देखिनुमा गभर्नर जिम्मेवार हुन् त ?
काठमाडौं । २०७२ सालले हल्लाउन नसकेको सेयरबजारलाई अहिले व्यर्थमा हल्लाउने काम भइरहेको छ । कतिपयको भनाइमा सेयरबजारमा संकट देखापर्नुको मुख्य कारण नेपाल राष्ट्र बैंकका गभर्नरलाई मान्ने गरिएको छ । के त सेयरबजारमा देखिएको संकट गभर्नरकै कारणले भएको हो त ?
पछिल्लो समयमा सेयरबजारको कारोबार रकममा पनि ह्रास आएको देखिन्छ । त्यसो त कारोबारको रकममा ह्रास आए पनि पछिल्लो समयमा ब्रोकर कम्पनीहरू भने धमाधम बढिरहेको छ भन्दा पनि फरक नपर्ला । अहिले ६ दर्जनजति ब्रोकर कम्पनीहरू खुलिसकेका छन् । अझ बढ्ने सम्भावना देखिँदैछ । सेबोनले धमाधम ब्रोकर कम्पनीलाई लाइसेन्स दिइरहेको छ । विगतमा ५० वटा सेयर दलाल कम्पनी रहेकोमा अहिले छ दर्जनभन्दा बढी ब्रोकर कम्पनीहरू खुलिसकेका छन् । एकातिर ब्रोकर कम्पनीहरू बढिरहेका छन् भने अर्कोतिर कारोबार भने घटिरहेको छ । अहिलेको कारोबारले ब्रोकर कम्पनीहरूलाई धान्न सकिएला त ? त्यसो त नयाँ कम्पनीलाई ब्रोकरको लाइसेन्स नदिनको लागि पुराना ब्रोकर कम्पनीहरूले चलखेल गरेको पनि भनाइ रहेका छन् । त्यसो त पछिल्लो समयमा सेयरबजार उकालो लाग्न नसकेको कारणमा नयाँ र पुराना ब्रोकर कम्पनीहरूको टकरावले हो भनेर पनि कतिपय जानकारहरू बताउँछन् । त्यसो त सेयरबजार उकालो लाग्न नसकेको सेयरबजारले गति लिन नसकेको कारणलाई भने नेपाल राष्ट्र बैंक, गभर्नर र मौद्रिक नीतिलाई मान्ने गरेका छन् ।
सरोकारवालाहरू नेपाल राष्ट्र बैंकको गभर्नर एमालेको कार्यकर्ता भएका कारण गभर्नर र सरकार अर्थमन्त्रीको कुरा नमिलेको र अर्थमन्त्रीसँग समन्वय नगर्ने गरेको र सेयरबजारप्रति गम्भीर नभएकाले सेयरबजार उकालो लाग्न नसकेको भनाइ राख्ने गरेका छन् । कतिपयको भनाइमा त गभर्नर साहेब सेयरबजार विरोधी रहेको पनि सुन्न पाइन्छ । वि.सं. २०८०/८१ को मौद्रिक नीति पनि सेयरबजारमैत्री नभएको मौद्रिक नीतिमा सेयरबजारको बारेमा कुनै सम्बोधन नगरेको शेयरबजारप्रति सरकारात्मक नीतिनियम नआएको कारणले सेयरबजार उकालो लाग्न नसकेको मात्र नभई मौद्रिक नीति सार्वजनिक भएदेखि नेप्से घट्ने गरेको भन्ने बुझाइ धेरैमा देखिन्छ ।
त्यसो त देशमा महँगी अनियमितता घुसखोरी भ्रष्टाचार बढिरहेजस्तै हकप्रद सेयर र प्राथमिक सेयर निष्काशनले पनि सेयरबजारमा नकारात्मक असर परेको सरोकारवालाहरू बताउँछन् । पछिल्लो समयमा विभिन्न कम्पनीहरूले धमाधम हकप्रद सेयर र प्राथमिक सेयरहरू जारी गरिरहेका छन् । हकप्रद सेयर र प्राथमिक सेयरको बारीले सेयरबजारमा के–कस्तो असर गर्न सक्छ भनेर अध्ययन विश्लेषण नगरी सेबोनले भटाभट प्राथमिक सेयर र हकप्रद सेयरहरू जारी गर्न स्वीकृति दिने गरेको छ । प्राथमिक सेयर र हकप्रद सेयर भर्नका लागि रकमको जोहो गर्नुपर्ने भएकाले लगानीकर्ताहरूले घट्दो बजारमा पनि सेयर बेच्नुपर्ने बाध्यता रहेको कतिपय लगानीकर्ताहरू बताउँछन् । यसकारण पनि सेयरबजार उकालो लाग्न नसकेको हो कि ? भन्ने आम मानिसको बुझाइ छ । पछिल्लो समयमा प्रिमियममा पनि प्राथमिक सेयरहरू जारी गरेको देखिन्छ । एकातिर प्रिमियममा सेयरहरू जारी गर्ने गरेका छन् भने अर्कोतिर एउटै कम्पनीले १० अर्बसम्मको हकप्रद सेयर जारी गरेका छन् । थुप्रै हाइड्रोपावर कम्पनीहरूले हकप्रद सेयरहरू जारी गरिरहेका छन् । हकप्रद सेयर भर्नुपर्ने भएकाले पनि कतिपय लगानीकर्ताहरू दोस्रो बजारमा छिर्न नसकिरहेको बताउँछन् । सरोकारवालाहरू यसकारणले पनि सेयरकारोबारमा ह्रास आएको बताउँछन् भने यसले पनि बजार घटाउन र नेप्से घट्नमा मद्दत गरेको देखिन्छ । सेयरबजारमा यस्तो अवस्था आउनुमा कुनचाहिँ संयन्त्रले काम गरेको वा भूमिका खेलेको भन्ने अन्योलमा रहेको छ । सेयरबजारका जानकारहरूको भनाइमा नेपाल राष्ट्र बैंकका गभर्नर एम अधिकारी र मौद्रिक नीतिले भन्ने भनाइ पनि रहेका छन् । कतिपयको भनाइमा सेबोनले भटाभट प्राथमिक सेयर र हकप्रद सेयर जारी गर्ने स्वीकृति दिएका कारणले भन्ने पनि रहेका छन् भने कतिपयको भनाइमा १० कित्तेले बजारलाई बिगारेको भन्ने पनि भेटिन्छन् । यसकारणले १० कित्ते नीति हटाउन सरोकारवाला निकायले माग गर्ने गरेका छन् । कतिपयको भनाइमा सेयरबजारका ठूलाठालु लगानीकर्ताहरू सेयरबजारमा प्रवेश नगरी बसेको कारणले हो भन्ने पनि नभएका होइनन् । कतिपयको भनाइमा ब्रोकर कम्पनीहरूले पनि चलखेल गरेर बजार घटाउने गरेको बताउँछन् ।
त्यसो त कतिपय लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको पनि सेयरबजारका जानकारहरू बताउँछन् । पछिल्लो समयमा सेयरबजार खरायोको गतिमा ओरालो लागे पनि सरकार नियामक निकायहरू लगानीकर्ताहरूको स्वघोषित नेताहरू लगानीकर्ताहरूको नेताबाट सांसद बनेका नेताहरूले बजारलाई कसरी गतिशील बनाउने र माथि लैजाने भन्ने बारेमा चिन्तन मनन् नै नगरेको देखिन्छ । कतिपयको भनाइमा शेयरबजारलाई तलमाथि लानमा नेपाल राष्ट्र बैंकको महत्वपूर्ण भूमिका रहेको बताउँछन् । तर नेपाल राष्ट्र बैंक यसमा गम्भीर नभएको देखिन्छ । कतिपयको भनाइमा त गभर्नर साहेब नै सेयरबजारलाई माथि लैजान चाहनुहुन्न भन्ने आरोप देख्न सकिन्छ । अहिले त नेपालको गभर्नरको स्तर खस्किएको गभर्नर सी ग्रेडमा झरेको चर्चा छ । सेयरबजारको बारेमा स्वयम् लगानीकर्ताहरू नै जानकार, सचेत र सजग हुनुपर्छ । कहिलेकाहीँ नेप्से घट्यो भनेर डराउन आटिन भने हुँदैन । नेप्से कहिले बढ्छ त कहिले घट्छ पनि । सेयरबजार नेप्से भनेको कृष्णको सुदर्शन चक्र हो, घुमिरहन्छ । सेयरबजारका लगानीकर्ताहरूमा धैर्य भने चाहिन्छ । धैर्य गर्न नसक्ने लगानीकर्ताहरू सेयर बजारमा प्रबेश नगरेको नै जाति भनेर पनि सरोकारवालाहरू बताउँछन् ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया