Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीद्वारा भन्सार जाँचपास ठप्प

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीद्वारा भन्सार जाँचपास ठप्प


काठमाडौं । विमानस्थल भन्सारमा गत साउन २ गते समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले भन्सार जाँचपास ठप्प पारेका छन् ।

प्रहरीले आफूहरुमाथि सुन तस्करी अनुसन्धानको नाममा धरपकड गरेको उनीहरुको भनाइ छ । विमानस्थल भन्सारको कार्गोतर्फका सबै सेवा ठप्प भएको भन्सार अधिकृतले जानकारी दिए ।

ती अधिकृतले भोलि पनि सेवा अवरुद्ध हुने जानकारी गराए । उनले भने ‘हामीले आन्दोलनका कार्यक्रम घोषणा हिजै गरेका हौं । हिजो पेन डाउन गर्‍यौं, आजबाट सेवा ठप्प पारेका छौं ।

प्रहरीको केन्द्रीय अनुसन्धान विभागले ६० किलो सुन तस्करी प्रकरणमा हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ । प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसँग पनि सुन प्रकरणमा बयान लिइरहेको छ भने केही कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया