नेपालको विकास र समृद्धिका बाधकहरू
काठमाडौं । नेपाल १०४ वर्ष लामो जहानीया राणा शासनबाट मुक्ति भएको समयको लगभग हाराहारीमा भारत, चीन, आसियन राष्ट्र, कोरिया भियतनाम, इन्डोनेसिया, जापानजस्ता राष्ट्रहरू पनि स्वतन्त्र भएका थिए । यी सबै राष्ट्रहरू अविकसित तथा गरिबीको चरमरूप झेली रहेका थिए । तर नेपाल अहिलेसम्म पनि गरिब र अविकसित राष्ट्र रहेको छ । नेपाल प्राकृतिक स्रोतमा अत्यधिक समृद्ध भए पनि गरिबतम् देशहरूको पक्तिमा उभिएको छ । निरन्तर मानव स्रोत विदेशमा पलायन भइरहेको छ तर सँगसँगै व्यवस्था र केहीको स्वतन्त्रता पाएकामाथि उल्लेखित राष्ट्रहरू भने समृद्धिको चरममा छन् । सिंगापुर, ताईवान, कोरियाजस्ता राष्ट्रहरू अति विकसित राष्ट्रको श्रेणीमा उक्लिएका छन् भने चीन र भारत त विश्वको दोस्रो ठूलो र चौथो ठूलो अर्थव्यवस्थाको रूपमा स्थापित भएका छन् । भियतनाम र इन्डोनेसिया उच्च मध्यम आय भएको राष्ट्रको रूपमा दरिएका छन् । इथियोपिया र रुवाण्डाजस्ता गृहयुद्धले थलिएका राष्ट्रहरू पनि समृद्धि र विकासको सिँडी उच्च गतिमा चढिरहेका छन् । झन् रुवाण्डा त अफ्रिकाको सिंगापुर भन्ने उपनामले नै परिचित भइसकेको छ । यस्तो, परिस्थितिमा पनि किन नेपाल अझै अन्य अविकसित र गरिबीको दुष्चक्रमा परेको राष्ट्रको रूपमा नै रहेको छ । किन नेपाल अझै पनि सबै जनावरहरूलाई गास, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीजस्तो न्यूनतम मानवीय आवश्यकताहरू पूरा गर्न नसक्ने अवस्थामा छ ? किन नेपालीहरू संसारकै गरिब राष्ट्रका नागरिक भनी अपमानित र लज्जित हुन परिरहेको छ ? के यो गरिबी नेपाल र नेपालीको नियति नै हो त ? अवश्य होइन, कदापी होइन । नेपाल प्राकृतिक संसाधनले भरिपूर्ण देश हो । ५५ प्रतिशतभन्दा बढी युवा जनशक्तिको भरिपूर्ण देश हो । यहाँ विकास र समृद्धिको असीमित सम्भावना छ । तर तल उल्लेखित विविध कारण र पात्रहरूले गर्दा नेपाल अझै गरिबतम दरिद्र राष्ट्रको रूपमा रहेको छ । हाम्रो गरिबीको सूत्रधार कारकहरूको विश्लेषण गर्दा निम्न देखिन आउँछ ।
दलाल राजनैतिक दलहरू र यसका अधम र भष्ट नेताहरू नेपालका कांग्रेस, एमाले, माओवादी, मधेशवादीजस्ता राजनीतिक दलहरू विदेशीको इसारा र लगानीमा विदेशीको एजेण्डालाई स्थापित गराउन खोलिएका हुन् । किनकि सत्ताको रस्साकसीबाहेक यिनीहरूसँग देशलाई समृद्ध र विकसित बनाउने कुनै आर्थिक एजेण्डा छैन । यिनीहरूसँग विकासको लागि चाहिने ठोस पूर्वाधार, लगानी, शिक्षा, उद्योग नीतिहरू छैन । यीसँग त केबल आफू कसरी सत्तामा जाने कसरी बढीभन्दा बढी भ्रष्टाचार गरी देश लुट्ने भन्ने नीति मात्र छ । यी दलका नेताहरू र पढेका त छन् । तर न योग्य छन्, न विज्ञ छन् । यिनीहरूले प्रजातन्त्र भने पनि समाजवाद भने पनि यिनीहरूले नेपालमा नवउदारवाद लागू गरी देशलाई केही देशीविदेशी पुँजीवादीहरूलाई बचेका छन् । साँच्चै भन्ने हो भने यी भ्रष्टाचारी नेताहरूले नेपालमा अधमवाद लागू गरेका छन् । देशको विकासमा गेम चेन्जर अधमवाद लागू गरेका छन् । देशको विकासमा गेम चेन्जर गर्न सक्ने कर्णाली, कोशी, बुढीगण्डकीजस्ता जलाशययुक्त विद्युतीय परियोजनाहरू, निजगढ एयरपोर्ट, पूर्व–पश्चिम तथा केरुङ काठमाडौंजस्ता रेलका परियोजनाहरू सुरुङ मार्गको निर्माणका परियोजनामा न यी राजनीतिक दलहरूको कुनै ठोस पर्यटन नीति छ, न त कृषि र उद्योग नीति नै छ । विज्ञान र प्रविधिसम्बन्धी नीति अयोग्य अपठित र अधम नेताहरूसँग केवल कसरी भ्रष्टाचार गर्ने ? कसरी सत्तामा पुग्ने, कसरी विदेशीको दलाली गरी आफूहरूले लुटेको सम्पत्ति विदेशमा राख्ने भन्ने षड्यन्त्र मात्र छन् । आज नेपाल र नेपालीको मध्ययुगीन आर्थिक र सामाजिक दूरावस्थाका प्रमुख कारक नै यी राजनीतिक दलहरू र यसका भ्रष्ट अधम नेताहरू हुन् । जबसम्म नेपाली राजनीतिमा यस्ता दलहरू र यिनका नेताहरू हाबी हुन्छन्, नेपाल सधैँ अविकसित हुन्छ, नेपाली सधैँ गरिब हुन्छन् । त्यसैले यी राजनीतिक दल र यसका नेताहरूलाई नेपाली राजनीतिबाट सधैँको लागि बिदा गरी योग्य, शिक्षित, विज्ञ र भिजन भएका दलहरूको आवश्यकता भएको छ । अनी मात्र देश छिटो समयमा नै विकासित र समृद्ध हुन सक्छ ।
भ्रष्ट, दलाल र अयोग्य कर्मचारीतन्त्र : नेपाली कर्मचारीतन्त्र दोस्रो/तेस्रो दर्जाको दिमाग भएका व्यक्तिहरूले भरिपूर्ण छ । किनकि पहिलो र दोस्रो दिमाग भएका व्यक्तिहरू विज्ञान वा म्यानेजमेन्ट पढेर डाक्टर, इन्जिनियर पाइलट, बैङ्किङ व्यवसायमा गएका हुन्छन् । तर यी तेस्रोस्तरका दिमाग भएकाहरू सगरमाथाको उचाइ, महासागरको गहिराइ, भूतकालका घटना, ताई न तुईको निबन्ध लेखेर तथाकथित उत्तीर्ण भई कर्मचारीतन्त्रमा घुस्छन् । यिनीहरू सँग न कुनै भिजन हुन्छ, न त कुनै विशेष योग्यता । यी त खाली वाहियात गफ गर्न जान्ने आफू तेस्रोस्तरको भएको कुन्ठाले ग्रसित कुनै महत्वाकांक्षा नभएको, कसरी नेताको दलाली गर्ने, कसरी भ्रष्टाचार गरी अकुत सम्पत्ति कुम्ल्याउने भन्ने ध्यानमै हुन्छन् । आफ्नो प्रमोसन र कमाउने ठाउँमा सरुवा हुन् । यी नेताहरूको दलाली गर्ने नेताको गलत कुराहरूमा हो हो सहि हो भनी खुसामद गर्ने स्वाभिमान रतिभर नभएका अयोग्यहरू नै नेपालको कर्मचारीतन्त्रका अंगहरू हुन् । यस्ता अयोग्य र निर्णय क्षमता नभएका जमातहरू नेतालाई पनि कसरी भ्रष्टाचार गर्ने र पछि कसरी नफस्ने भनी सिकाउने राष्ट्रघातीहरू हुन् । आफ्नो लागि फाइदा हुन्छ भने यी कर्मचारीतन्त्र जस्तोसुकै भ्रष्टाचार र राष्ट्रद्रोह गर्न पनि पछि पदैन । यो तन्त्रले देशको निर्माणका लागि तय गरिएको परियोजनाहरूमा विनियोजित बजेट खर्च गर्न पनि सक्दैन र सकेको छैन । यहि यिनीहरूको अक्षमता र अयोग्यताले गर्दा नै विकासका परियोजना समयमा नै पूरा नहुने, परियोजनाको लागत बढ्ने, नेता र ठेकेदारहरूसँग मिलोमतो गरी ठूलो रकम भेटिएलानको नाममा ठेकेदारलाई दिलाई कमिसन मन्त्री र आफूले खाने वर्ग नै यिनीहरू छन् । विकास र निर्माणका परियोजनाका दुस्मन र अवरोधक नै यिनीहरू हुन् । देशको विकासलाई अवरुद्ध गर्ने तत्वहरू नै यहि कर्मचारीतन्त्र हो । यदि काहीँ भ्रष्टाचारको मुद्दा लाग्यो भने सबै दोषजति नेपाली नेताहरूलाई लगाई पानीमाथि ओभानो हुनेचाहिँ वर्ग हो । अझ सेवानिवृत्त भएपछि त यो वर्ग सबैभन्दा चोखो र विकासवादी हुँ भन्ने पाखण्ड देखाउँछ । कस्तो हास्यास्पद यो यिनीहरूको नकचरापनको उदाहरण हो । जबसम्म यस्तो कर्मचारीतन्त्रको भायाकल्प नगरी प्रथमस्तरको दिमाग भएको सक्षम जनशक्ति भएको व्यक्तिलाई कर्मचारीतन्त्रमा ल्याउँदैन तबसम्म देशको विकास र समृद्धि हुन सक्दैन । वैदेशिक चलखेल र एनजीओ आईएनजीओ धेरै समय पहिलेदेखि अहिलेसम्म नेपाली राजनीतिमा वैदेशिक चलखेल भइरहेको छ । त्यस्तै, सामाजिक जीवनमा आईएनजीओ र एनजीओको चलखेल भइरहेको छ । नेपालका तथा कथित कान्तिहरू विशेषगरी माओवादी हत्याराहरूको तथा कथित जनयुद्ध त्यसको परिणामअनुसार त्यही विदेशी चलखेलको आधारमा आएको हो । सरकार फेर्ने र गिराउने ठूला विकास र निर्माणका परियोजना लागू तथा चलखेलले गर्दा भएको हो । केही वर्षअगाडिदेखि नै एनजीओ र आईएनजीओहरू नेपालमा सामाजिक सद्भाव बिगार्न लागिरहेका छन् ।
हालसालै धरान भएको गोरु काट्ने घटना त्यसपछि विस्तारित परिस्थिति उब्जाउने यिनै आईएनजीओ हुन् । नेपालमा अस्थिरता निम्त्याई, जातीय र धार्मिक युद्धको स्थिति उत्पन्न गरी नेपाललाई समृद्धि र विकासको बाटोमा अगाडि बढ्न नदिने यहि विदेशी चलखेलले गर्दा भएको हो । तसर्थ, नेपालले विकास र समृद्धिको लागि तत्काल विदेशी चलखेल बन्द गरी एनजीयो र आईएनजीओहरूलाई प्रतिबन्ध गरी अगाडि नबढ्ने हो भने नेपाल कहिल्यै समृद्ध बन्न सक्दैनन् । यो नाङ्गो सत्य हो । तथा कथित दलाल बुद्धिजीवी तथा कथित दलाल बुद्धिजीवीहरू विदेशीको हुण्डी खाएर जातीय राज्य, संघीयता, धर्मनिरपेक्षता, एमसीसी गणतन्त्र समर्थन गर्दै लेख रचनाहरू प्रकाशित गर्ने, टिभी डिबेटमा सामेल हुनेजस्ता कार्यहरू गरिरहेछन् । वातावरणको नयाँ र बढी खर्च हुने ठाउँमा केरुङ–काठमाडौं रेलमार्ग निजगढ एयरपोर्ट ठूलाठूला जलाशययुक्त परियोजनाहरू निर्माणको विरोध गरिरहेका छन् । यी विदेशीका दलाल तथा कथित बुुद्धिजीवीहरूलाई नेपालको भौगोलिक अखण्डता पनि प्यारो छैन । यसको उदाहरण त लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा गाभिएकोमा यिनीहरूको आपत्तिले नै प्रष्ट हुन्छ । यसरी यी भ्रष्ट विदेशीको हुण्डी खाई नेपालका विकास निर्माण परियोजनाका विरोध गर्ने तथाकथित बुद्धिजीवी भनाउँदाहरूले नै नेपाल र नेपालीको विकास र समृद्धिको बाटो अवरुद्ध गर्ने कुतत्वहरू हुन् । जबसम्म यिनीहरूलाई राष्ट्रघाती भनेर जेलमा कोचेर सजाय दिइँदैन, तबसम्म हाम्रो देश विकास र समृद्धिको बाटोमा अगाडि बढ्न सक्दैन ।
भ्रष्ट पित पत्रकारिता र पत्रकार : नेपालमा पत्रिका र पत्रकारिताको स्तर ज्यादै निम्न छ । अधिकांश पत्रकारहरू अपठित र अयोग्य छन् । सानो रकमको लागि पनि यी पित पत्रकारहरू देशको अस्मिता र आर्थिक समृद्धिको बाटो रोक्न पछि पर्दैनन् । पहिलाको लागि यी पित पत्रकारहरू जातीय राज्य सर्मथक, धर्म निरपेक्षताका हिमायतीहरूको महिमा मण्डित गर्छन् । यिनीहरूलाई मिडिया कभरेज दिँदैनन् । यी बिकाउ पत्रकारहरू आङकाजी, बाबुराम, प्रचण्ड, सिकेलाल, कृष्ण पहाडी, सुवोध प्याकुरेजजस्ता नेपाल विरोधीलाई ठूलो कभरेज दिई हिरो बनाई विदेशीले दिएको डलर डकार्छन् । तर पी खरेल, भरत दहाल, प्रेम कैदी, प्रेम बस्न्यात, स्वागत नेपाल, फणीन्द्र नेपाल, बालेन शाहजस्ता राष्ट्रप्रेमीहरूको कुनै कभरेज गदैनन् । उनीहरूको न्युजलाई निषेध गर्दछन् । यी पित पत्रकारहरू राष्ट्रघाती हुन्, देशका गद्दारहरू हुन् । विकास र समृद्धिका ठूला परियोजनाका विरोधी तथा कथित बुद्धिजीवीहरूलाई ठाउँ दिई यी परियोजनाहरू हुन नदिन भूमिका निर्वाह गर्छन् । यिनीहरू विदेशीको इशारामा नै केरुङ–काठमाडौं रेल निर्माणको विरोधमा खडा हुन्छन् । निजगढ एयरपोर्ट चाहिँदैन भन्छन् काठमाडौं तराई फास्ट इराकको विरोधमा उभिन्छन् । विगतमा जलविद्युत्को ठूलो भूमिका छ । हुँदाहुँदा यी निर्लज्जहरू नेपालको काठमाडौं संसारकै सबैभन्दा प्रदूषित र फोहोर सहर हो भनी प्रचार गरी नेपालको पर्यटन व्यवसाय नै ध्वस्त पार्न विदेशीको इसारा र हुण्डी खाएर लागि परेका छन् । यी दलाल पित पत्रकारहरू नेपाल विकसित र समृद्धिको बाराका अवरोध हुन् । जबसम्म यिनीहरूलाई यिनको राष्ट्रघातको कसुरमा सजाय हुँदैन, तबसम्म नेपाल विकास र समृद्धिको यात्रा गर्न सक्दैन । यो नेपालको नाङ्गो यथार्थ हो ।
बिचौलिया काला व्यापारी : अधिकांश नेपाली व्यापारीहरू बिचौलिया छन् । यिनीहरू उद्योगधन्दा गर्दैनन्, विदेशबाट सामान ल्याएर परिस्थिति हेरी भ्रष्ट कर्मचारी र नेताहरूको संरक्षणमा कालाबजारी गर्छन् । यिनीहरू राष्ट्रलाई तिर्ने राजस्वमा छली गर्छन् । यिनीहरू तस्करीमा संलग्न भई आफ्ना राजनीतिक संरक्षण दलका नेताहरू र आफूहरूको ढुकुटी भर्छन् । यिनीहरू नेपालमा विकास र समृद्धिका बाधकहरू हुन्, किनकि सरकारको आम्दानी राजस्वका बाटो यिनीहरूले बन्द गर्दिन्छन् । जबसम्म यस्ता भ्रष्ट कालाबजारीया व्यापारीहरूलाई कडाभन्दा कडा कानुनी र सामाजिक सजाय दिइँदैन तबसम्म नेपाल विकसित र समृद्ध बन्दैन । यो हाम्रो कटु वास्तविकता हो ।
संविधान : विदेशी आर्थिक सहयोगमा यी संविधान कसरी नेपालमा लागू भयो भन्ने त जगजाहेर नै छ । यी संविधान नै नेपालको राजनीतिमा अस्थिरता निम्त्याउने कारक मात्रै होइन, नेपालमा वैदेशिक लगानी रोक्ने प्रमुख बाधक बनेको छ । नेपालमा अथाह मात्रामा प्राकृतिक स्र्रोतहरू रहेको छ । ठूलो शिक्षित जनशक्ति पनि नेपालमा नै छ । तर नेपालसँग रहेका प्राकृतिक पुँजी र टेक्निकी छैन । पुँजी र तक्निकी नेपालले वैदेशिक लगानीको ल्याएर आफ्ना स्रोतहरू दोहन गरेमा मात्र सानो समयमा नै नेपाल प्रस्तावनामा नै समाजवादउन्मुख भन्ने लेखिएको छ । जसको कारणले गर्दा वैदेशिक लगानीकर्ताहरू नेपालमा लगानी गर्न डराउँछन् र लगानी गर्दैनन् । वैदेशिक लगानीको अहिलेको स्थितिको प्रमुख कारक नै संविधानमा भएको त्यही राजनीतिक दल हो । यो संविधानमा उल्लेखित गणतन्त्र, संविधानको प्रस्तावनामा उल्लेखित समाजवादउन्मुख अर्थव्यवस्थाको विरोध गर्दैन । किनकि समाजवाद पनि अरू दलहरूझैँ विदेशी शक्तिको गोटी बनी नेपाल सदैव गरिब, अल्पविकसित राष्ट्रको रूपमा नै रहोस् भन्ने चाहन्छ । यो अस्थिरता कारक र वैदेशिक लगानी हतोत्साहित गर्ने संविधान पनि नेपालको विकास र समृद्धिको सपनालाई मूर्तरूप तुल्याउने बाटोको अवरोध हो । जबसम्म यो संविधान लागू रहन्छ, तबसम्म नेपाल विकसित र समृद्ध हुन सक्दैन । यी अकाट्य सत्य हो । अब समयलाई सकेको छ, सम्पूर्ण नेपाली राष्ट्रप्रेमी जनता एकजुट भई अघि बढी माथि उल्लेखित अवरोधलाई निर्मूल गरेर विकास र समृद्धिको बाटोमा यात्रा गर्ने । यति गरेमा केबल पाँचदेखि १० वर्षभित्र नेपाल विकसित र समृद्ध राष्ट्र बन्नेछ । कुनै शंका छैन । कुनै संशय छैन ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया