युरो क्षेत्रको आर्थिक वृद्धि खुम्चिने प्रक्षेपण
काठमाडौं । युरोपको आर्थिक वृद्धिदर थप खुम्चिने प्रक्षेपण गरिएको छ । युरोपेली आयोगले सन् २०२३ मा शून्य दशमलव आठ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ । यसअघि आयोगले एक दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर रहने प्रक्षेपण गरेको थियो ।
युरोपेली आयोग युरोपेली संघ (ईयू)को कार्यकारी प्रशासनिक निकाय हो । सोही आयोगले सन् २०२३ र २०२४ मा युरो क्षेत्रको आर्थिक वृद्धिदरमा संकुचन आउने प्रक्षेपण गरेको हो । आयोगले सन् २०२४मा एक दशमलव तीन प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।
आयोगले जर्मनीको अर्थतन्त्र शून्य दशमलव चार प्रतिशतले खुम्चिने अनुमान पनि गरेको छ । सन् २०२३को सुरुवातदेखि नै जर्मनीले आफ्नो औद्योगिक क्षेत्रमा मन्दीको सामना गरिरहेको छ । निर्यातमा उच्च गिरावट आएको छ । यस्तै मुद्रास्फीति बढेको छ । यिनै अवस्थाले जर्मनी मात्रै नभएर समग्र युरोजोनको अर्थव्यवस्थामा चाप परेको छ । आयोगले रुसले युक्रेनमा आक्रमण गरेपछि ऊर्जाको मूल्यमा आएको वृद्धिले झट्का लागेको उल्लेख गरेको छ । यसमा सबैभन्दा धेरै मार जर्मनीलाई परेको छ ।
युरोजोन मुद्रास्फीतिको पूर्वानुमानलाई पनि परिमार्जन गरिएको छ । युरोजोन मुद्रास्फीतिको पूर्वानुमान पाँच दशमलव छ प्रतिशतको तुलनाभन्दा सन् २०२३ मा सामान्य बढी पाँच दशमलव आठ प्रतिशत रहने अनुमान गरिएको छ । युरोजोनमा उपभोक्ता मूल्य सन् २०२४ मा सन् २०२३ को दुई दशमलव आठ प्रतिशतको तुलनामा दुई दशमलव नौ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया