Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘फ्युचरिस्टिक बीवाईडी डल्फिन’ नेपालमा

‘फ्युचरिस्टिक बीवाईडी डल्फिन’ नेपालमा


काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले सोमबार ‘फ्युचरिस्टिक बीवाईडी डल्फिन’ सार्वजनिक गरेको हो ।

कम्पनीले बीवाईडीको यो फ्युचरिस्टिक डल्फिनको सुरुआती मूल्य ३९ लाख ८० हजार तोकेको छ । बीवाईडी डल्फिन नेपाली बजारको बहुप्रतिक्षित ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी हो । यो ह्याचब्याग बीवाईडीको ओसियन सिरिज (महासागर शृङ्खला) को पहिलो गाडी रहेको कम्पनीले जनाएको छ । बीवाईडी डल्फिनमा ४४ दशमलव नौ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ । यसमा सात किलोवाटको चार्जर प्रयोग हुने गर्छ । साथै, गाडीलाई एक पटक पूरा चार्ज गर्दा तीन सय ४० किलोमिटरसम्म गुड्ने कम्पनीको दाबी छ । बीवाईडी डल्फिनको शुभारम्भले नेपालमा नयाँ ऊर्जा यात्रुबाहक सवारी साधन व्यवसायको क्षेत्रमा कोशेढुंगा सावित भएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार बीवाईडी डल्फिन अत्याधुनिक बीवाईडी ई–प्लेटफर्म ३.० मा उत्पादन गरिएको छ । यो सेल–टू–प्याक (सीटीपी) प्रविधिमा आधारित छ । अर्थात् यसको ब्याट्री गाडीको बडीमै एकीकृत गरी तयार पारिएको छ । जसमा ब्लेड ब्याट्री र ट्रे समावेश गरी एक ‘स्यान्डविच’जस्तो संरचना बनेको छ । बीवाईडीको विद्युतीय नयाँ फ्युचरिस्टिक डल्फिनमा चालक र यात्रु सुरक्षाको लागि छ वटा एयरब्याग दिइएको छ । यसबाहेक फर्वार्ड कोलिजन वार्निङ, ट्र्याक्सन कन्ट्रोल प्रणाली, अटो होल्ड, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रविधि, लेन डिपार्चर वार्निङ, लेन किपिङ सपोर्टजस्ता विशेषता दिइएको छ । यसबाहेक यसमा रिअर कोलिसन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, रिअर क्रस ट्राफिङ अलर्ट र ३६० मोनिटर भ्युजस्ता फिचरहरू पनि समावेश गरिएको छ ।

कम्पनीका अनुसार बीवाईडी डल्फिनको वितरण नाडा अटो सोपछि सुरू हुनेछ । हाल बीवाईडीको फ्युचरिस्टिक बीवाईडी डल्फिन स्यान्ड ह्वाइट (सेतो), माल्दिभ पर्पल (बैजनी), कोरल पिंक (गुलाबी) र अर्बन ग्रे गरी चार विभिन्न रंगमा उपलब्ध हुने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया