चन्द्रमाको सफल अवतरणमा प्रतिस्पर्धा
काठमाडौं । विश्वमा हेर्ने हो भने हालसम्म चार राष्ट्रहरू; अमेरिका, रुस, चीन र भारतले मात्र चन्द्रमामा आफ्नो सफल अवतरण गर्न सकेको छ । यसरी नै केही दिन अगाडि जापानले पनि चन्द्रमाको सतहमा करिब पाँच महिनाभित्र मिसन अवतरण गर्ने सम्भावना रहेको जापानिज एरोस्पेस एक्सप्लोरेसन एजेन्सीले जनाएको छ । जुन जापान बनाएको मिसन स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन नाम रहेको छ । यो परियोजना १० करोड अमेरिकी डलरको रहेको पनि बताइएको छ । यदि जापानको यो मिसन सफल भयो भने जापान चन्द्रमाको सतहमा अवतरण गर्ने विश्वको पाँचौँ मुलुक बन्ने छ । यसरी विश्वव्यापी प्रतिस्पर्धाले चन्द्रमामा कसले सफल अवतरण पाउने हो त्यो त हेर्न नै बाँकी रहेको छ । यसै सन्दर्भमा भन्ने हो भने नेपालका महाकवि स्व लक्ष्मीप्रसाद देवकोटाको एउटा चर्चित कविता प्रसंग रहेकोछ ‘के हो ठूलो जगतमा पसिना विवेक, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ।’ यसको अर्थ के हो भने यो संसारमा देवकोटा सबैभन्दा पहिले चन्द्रमा पुग्ने व्यक्ति हुन् भन्ने अभिव्यक्ति यस सन्देशले प्रवाह गरेको छ । यसर्थ अर्को शब्दमा भन्नुपर्दा त्यसबेला महाकवि देवकोटा कत्रो महान् कल्पना गरेर चन्द्रमा पुग्ने सपना देखिसकेको यस वाक्यांशबाट स्पष्ट हुन्छ । यसैक्रममा महाकविको कल्पनाभन्दा धेरैपछि मात्र अमेरिकी वैज्ञानिक निल आर्मस्ट्रङले अपोलो ११ मार्फत् चन्द्र सतहमा पाइला टेकेका थिए । त्यो समय सन् १९६९ थियो । तसर्थ, त्यसबेला भौतिकरूपमा मान्छेले पाइला टेके त्योभन्दा एक दशकअघि त देवकोटाको निधन भइसकेको थियो ।
देवकोटाले त्यसभन्दा निकै अघि नै कल्पनाबाट चन्द्रमाको अवतरण गरेर उक्तिलाई समेत चर्चित गराइसकेका छन् । तर, मानव पाइला टेक्ने चर्चा परिचर्चाले विशाल कार्यको फड्को मानेको थियो । यसरी नै प्रथम मानव पाइला चन्द्रमा टेकेको ५४ वर्षपछि मात्र हाम्रो देशको छिमेकी देश भारतले समेत चन्द्रयान पठाउन सफल भएको छ । यस्ता किसिमका चन्द्रयान चन्द्रमा पठाउनु भनेको सारै महँगो अभियान पनि हो । हालसम्मको स्थितिलाई अवलोकन गर्ने हो भने अमेरिका, रुस, चीन र भारतले मात्र यस अभियान सञ्चालन गर्न सकेको देखिएको छ । वास्तवमा भन्ने हो भने भारतीय चन्द्रयान चन्द्रमामा अवतरण गरेको घटना र चीनको प्रगतिले पनि हामीलाई प्रेरणा दिँदैन भने हामी जस्तो अबुझ कोही ठहर्दैन । जुन अर्को छिमेकी चीनले २३ नोभेम्बर २०२० मै यान पठाइसकेको थियो । त्यसमा चन्द्रयान–३ चन्द्रमामा अवतरण भएको दिन छिमेकी हुनुको नाता नेपालले गौरव गर्न सक्छ । फलतः देशभन्दा धेरै टाढाका दुई मित्रराष्ट्र अमेरिका र रसियाले धेरैअघि मानव इतिहास रचिसकेका थिए । यसको साथसाथै हाम्रै छिमेकी देशहरू भारत र चीन पनि यो अभियानमा अग्रणी हुँदा निःसन्देह हाम्रा निम्ति यसले प्रेरणा दिन्छ । यसले एसियाप्रति संसारको ध्यान तानेको छ । त्यति मात्र होइन, आगामी भविष्य एसियाको हो भन्ने धारणालाई यसले प्रष्टरूपमा मलजल गरेको छ ।
आकाशमा देखिने सूर्य, चन्द्रमा, तारा, ग्रह र अरू चम्किला वस्तुले मानव जातिलाई सुरूदेखि नै लोभ्याउने गरेका थिए । यसरी तत्कालीन समयमा यातायातको विकास नभएको त्यो युगमा आफू बस्ने ठाउँकै अलिक पर समुद्रपारि वा हिमालपारि के छ भनेर नदेखेका मान्छे राति आकाश हेरेर गम्थे, रोमाञ्चित हुने गरेका थिए । त्यसबेलाका मानवले तारा र चन्द्रमा खासमा कति टाढा छन् भनेर भेउ नपाएका उनीहरू चराझैं उड्न सक्ने भए चन्द्रमा छुन सकिन्थ्यो कि भनेर कल्पना पनि नगरेको होइन । तर, विस्तारै–विस्तारै विज्ञानको विकास हुँदै गयो । जब मानिसहरू प्रविधि ज्ञान बारे शिक्षित हुँदै गए र अरू धेरै कुरासँगै मान्छेले चन्द्रमा र ताराहरू हामीबाट कति टाढा छन् भन्ने मेसो पाउन थाले । जबकि केही शताब्दी पहिलेका मान्छेलाई त्यति टाढाका चन्द्रमा र ताराहरूमा पुग्न असम्भव छ भन्ने लाग्थ्यो । यसको साथसाथै विज्ञानको चरम विकाससँगै बीसौं शताब्दीमा भने मान्छेले चन्द्रमामा पुग्ने सपना देख्न थाल्यो । कुनै पिण्ड ठोक्किनै लाग्यो भने त्यसलाई पृथ्वीबाट तर्काउने कोसिस गर्न सक्छन् । २६ सेप्टेम्बर २०२२ मा वैज्ञानिकहरूले डबल एस्टेरोइड रिडाइरेक्सन टेस्ट गर्दै पृथ्वीभन्दा झन्डै एक करोड १० लाख किलोमिटर टाढा रहेको एउटा पिण्डमा यानले ठक्कर दिएर त्यसको बाटो परिवर्तन गराए । यो प्रविधि विकास हुँदै गएर कुनै दिन साँच्चै कुनै पिण्ड पृथ्वीमा ठोक्किन लाग्यो भने पृथ्वीलाई जोगाउन सकिनेछ ।
भारतले अन्तरिक्षमा पुगेको चन्द्रयान–३ मा युएस डलर साढे सात करोड खर्चिएको अनुमान गरिएको छ । यसको दूरी भने तीन लाख ८४ हजार चार सय किमि दूरी पार गर्न यान तीव्र गतिमा उडेको थियो । यसरी भारतले अन्तरिक्ष यानलाई चन्द्रमाको अर्बिटमा सफलतापूर्वक पु-याएको यो तेस्रोपल्ट हो र चार वर्षअघि चन्द्रयान–२ अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको थियो । जबकि विकसित अमेरिका, रसिया, चीन चन्द्रमाको अन्धकार दक्षिणी ध्रुवमा पुग्न असफल भएका थिए । तर १४ जुलाईमा भारतको दक्षिण आन्द्रप्रदेशको सत्तीस धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको एलभीएम–थ्री रकेटले अन्तरिक्ष यानलाई चन्द्रमामा पु-यायो । यसमा काम गर्ने जनशक्ति जम्माजम्मी एक हजार इन्जिनियर र वैज्ञानिक भई टिमवर्क गरेर इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन(इसरो)ले गत असार २९ मै जमिनबाट छोडेको थियो र ४२ दिनको यात्रापछि यान गन्तव्यमा पुगेको थियो ।
अमेरिकाले ५ मे १९६१ मा पनि एलन सेपर्डलाई अन्तरिक्षमा पठाएको थियो । यसरी अन्तरिक्ष होडमा लगातार दोस्रो भएर आजित भएका लोकप्रिय अमेरिकी राष्ट्रपति केनेडीले २५ मे १९६१ मा अमेरिकी संसद्मा भाषण गर्दै यस दशकको अन्त्य हुनुअघि नै चन्द्रमामा मान्छे पु-याउने घोषणा गरेका थिए । त्यसपछि अन्तरिक्ष यात्रामा अमेरिकाले पैसाको खोलो नै बगायो । यसै क्रममा सन् १९६३ मा केनेडीको हत्या भयो । तर चन्द्रमामा पुग्ने उनको योजनामा काम भने रोकिएको थिएन । यसरी पूर्व अमेरिकी राष्ट्रपति केनेडीले घोषणा गरेझैं सन् १९६० को दशक नसकिँदै २० जुलाई १९६९ मा अमेरिकाका निल आर्मस्ट्रङ चन्द्रमामा हिँड्ने पहिलो व्यक्ति बनेका थिए । यसरी नै अर्का देश सोभियत संघले पहिलो पटक चन्द्रमामा यान अवतरण गराएको १० वर्षमै अमेरिकाले चन्द्रमामा मानव पाइला राखेर अन्तरिक्ष होडमा उसलाई पछि पार्न सफल भयो । त्यस्तैगरी, सन् १९७२ सम्म त १२ जना अमेरिकी अन्तरिक्ष यात्री चन्द्रमामा पुगेर पनि फर्किएका थिए । त्यसपछिका ५० वर्षमा भने कुनै पनि राष्ट्रले चन्द्रमामा मान्छे पठाएका थिएनन् । अहिले आएर भारतले चन्द्रमाको जुन भागमा हाम्रो चन्द्रयान अवतरण गरेको छ । त्यसको नाम पनि राख्ने निर्णय गरेको छ । जुन चन्द्रयान–३ को ल्यान्डर जुन ठाउँमा अवतरण भयो, अब त्यो विन्दुलाई शिव–शक्ति नामकरण गरिएको छ । यसमा शिवमा मानवताको कल्याणको संकल्प छ र शक्तिले हामीलाई ती संकल्पहरू पूरा गर्ने क्षमता दिन्छ । जसलेगर्दा चन्द्रमाको शिवशक्ति विन्दुले कन्याकुमारीसँग हिमालय जोडिएको आभाष पनि दिन्छ ।
समग्रमा भन्नुपर्दा सन् १९७० को मध्यतिरबाट मत्थर भएको अन्तरिक्ष होड पछिल्ला केही वर्षमा फेरि सुरू भएको छ । यो दोस्रो चरणको होडमा भने अमेरिकाको मुख्य प्रतिद्वन्द्वी चीन छ । जसमा चीनले सन् २०१३ मा चन्द्रमामा यान अवतरण गराइसकेको छ । त्यसको छ वर्षपछि चीन चन्द्रमाको अँध्यारो पाटोमा यान अवतरण गराउने पहिलो राष्ट्र बन्यो । भर्खरै मात्र भारतले २३ अगस्ट सन् २०२३ अन्तरिक्ष अन्वेषणमा नयाँ युगको आरम्भ ग-यो । जुन भारतले प्रक्षेपण गरेलगत्तै रसियाले पठाएको लुना–२५ भने तीन दिनअघि नै चन्द्र सतहमा दुर्घटनाग्रस्त भइदियो । यसअघि तत्कालीन सोभियत संघ, अमेरिका अनि चीनका यानहरू चन्द्रमामा पुगे, फिर्ता पनि भए । युएसले १२ जना यात्रुसमेत त्यहाँ पु-याएर पृथ्वीमा फर्काइसकेको अवस्था हो यसअघि नै । अतः भारतको अन्तरिक्ष यात्राले स्वाभाविकरूपमा हाम्रो देशलाई पनि तरङ्गित तुल्याएको छ । यसमा प्रधानमन्त्री पुष्पकमल दाहाललगायतका नेताहरूले यसका लागि भारतलाई बधाई दिएका छन् । यसले नेताहरूका निम्ति यस घटनाक्रमले विज्ञान र प्रविधितर्फ देशलाई लैजाने प्रेरणा प्राप्त हुनुपर्छ । यस किसिमको साहसिक उपलब्धि हासिल गर्न ज्ञान र पसिनाको संयोग आवश्यक हुन्छ । जुन आज आएर भारतले त्यो विश्वलाई देखाएको छ । जुन चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिणी ध्रुवमा प्रवेश गरेसँगै विश्वले भारतलाई नियालिरहेको छ । यस किसिमको चन्द्रयान–३ सफलताको लागि संसारले बधाई दिँदै छ भने नासाले पनि खुसी व्यक्त गरेको छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया