Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकास बैंकको तीज विशेष गीत

गरिमा विकास बैंकको तीज विशेष गीत


काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरी तीज विशेष गीत सार्वजनिक गरेको छ । करिब तीन मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं संगीतकार घनश्याम रिजालको शब्द र सुमधुर स्वरकी धनी गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारिक युट्युब च्यानल र टिकटकबाट उक्त गीत हेर्न र सुन्न सकिने बैंकले जनाएको छ ।

साथै, हरितालिका तीजलाई अझ विशेष बनाउने हेतुले बैंकले तीज विशेष टिकटक प्रतियोगिता पनि आयोजना गरेको छ । ‘गरिमा तीज’ बंैकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउनेमध्ये सबैभन्दा धेरै लाइक आउने उत्कृष्ट १० भिडियोमध्ये प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार र बाँकी सातवटा भिडियोलाई जनही पाँच हजार रुपैयाँ सान्त्वना पुरस्कार राशि प्रदान गरिने बैंकले जनाएको छ । प्रतियोगितामा भाग लिने प्रतियोगीले भिडियो बनाउँदा बैंकले तोकेको सम्पूर्ण नियम तथा सर्तहरूको पालना गर्नुपर्ने बताइएको छ । बैंकले हाल नेपालभर एक सय २१ वटा शाखा कार्यालय, ५० एटीएम र डिजिटल बंैकिङ (गरिमा डिजी बटुवा, डेबिट तथा क्रेडिट कार्ड, स्मार्ट क्युआरलगायत) मार्फत सरल, सुरक्षित एवम् गुणस्तरीय सेवा प्रदान गर्दै आएको बैंकको दाबी छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया