Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाईखोला हाइड्रोले हकप्रद सेयर निष्काशन गर्ने

माईखोला हाइड्रोले हकप्रद सेयर निष्काशन गर्ने


काठमाडौं । माईखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले चुक्ता पुँजी वृद्धिको लागि हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद सेयर निष्काशन गर्नेसम्बन्धी प्रस्ताव कम्पनीको यही असोज १८ गते काठमाडौंमा आयोजना हुने तेस्रो वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।

उक्त वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार आठ सय रुपैयाँमध्येबाट एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न प्रस्ताव पारित गर्ने छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया