Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु बैंकले बुलिङ एयर ईभी किन्न ८० प्रतिशतसम्म कर्जा दिने

प्रभु बैंकले बुलिङ एयर ईभी किन्न ८० प्रतिशतसम्म कर्जा दिने


काठमाडौं । नेपाली बजारमा बुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्यको घोषणा गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट एजीएम नवराज कोइराला र प्रभु बैंकका तर्फबाट सीबीओ रेनुप्रसाद पाण्डेले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई प्रभु बैंकले गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ । दुई सय र तीन सय किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा बुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ । बुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी उत्पादन गर्ने गरेको छ । बुलिङ एयर ईभी इन्डोनेसियालगायत विश्वका विभिन्न देशमा लोकप्रिय रहेको कम्पनीले जनाएको छ ।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेहिकल प्लेटफर्ममा बुलिङ एयर ईभी बनेको कम्पनीको दाबी छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका हुन् । बुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको रहेको र यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले तीन सय किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको भनाइ छ । अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिने पनि कम्पनीको दाबी छ । रिमोटबाटै सञ्चालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र एक सय रुपैयाँ खर्चमा तीन सय किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ । बज्र्र ग्रुप ३१ वर्ष पुरानो व्यापारिक घराना हो ।

कम्पनीले नेपाली बजारमा छिट्टै अर्को नयाँ मोडल बुलिङ बिङ्गो फोर डोर ईभी पनि नेपाली बजारमा लन्च गर्ने तयारी गरेको कुरा कम्पनीका एसिस्टेन्ट जेनेरल म्यानेजर एन के शरदले जानकारी गराए । यो बुलिङ एयर ईभी कार खरिद गर्ने ग्राहकलाई नेपालभर उपलब्ध गराउने सुविधा छ । काठमाडौंको नक्साल, भैँसेपाटी, भक्तपुरमा आधिकारिक सोरुमबाट बिक्री भइरहेको बताइएको छ । नेपालभर रहेको ५१ भन्दा बढी चार्जिङ्ग स्टेसनबाट सजिलै छिटो चार्ज गर्न मिल्ने बताइएको छ । यो इन्डोनेसियाबाट आयात गरेको बलियो सिटी कार रहेको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया