चीनको ऋण अगस्टमा तीव्र बढ्यो
चीन । चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ले अगस्ट महिनामा चीनको ऋण एक दशमलव ३६ ट्रिलियन युआन (१८८.६३ बिलियन डलर)ले बढेको तथ्यांक सार्वजनिक गरेको छ । यो वृद्धि गत जुलाईमा रिपोर्ट गरिएको तीन सय ४५ दशमलव नौ बिलियन युआनको तुलनामा तीव्र वृद्धि भएको देखिएको छ । गतवर्षको अगस्टको तुलनामा पनि यस वर्ष ८६ दशमलव आड बिलियन युआन बढी ऋण बढेको देखिन्छ ।
चाइना ग्यालेक्सी सेक्युरिटिज कम्पनी लिमिटेडका प्रमुख अर्थशास्त्री झाङ जुनले ऋणको यो विस्तारले बजारको अपेक्षा र भावनामा सुधारको संकेत गरेको बताए । यसबाट आर्थिक वृद्धि र बजारको विश्वासलाई बढावा दिने प्रयासका लागि देशको वित्तीय सहयोग बढेको रूपमा लिनुपर्ने बताए ।
चीनमा यस वर्षको पहिलो आठ महिनामा आउटस्ट्यान्डिङ युआन ऋण १७ दशमलव ४४ ट्रिलियन युआनले विस्तार भएको छ । जुन अघिल्लो वर्षको १५ दशमलव ६८ ट्रिलियनको तुलनामा बढेको छ ।
सामाजिक वित्तपोषण, व्यक्तिगत र गैरवित्तीय फर्महरूले वित्तीय प्रणालीबाट प्राप्त गर्ने कोषको मापन, अगस्टमा तीन दशमलव १२ ट्रिलियन पुगेको छ । जुन जुलाईमा पाँँच सय २८ दशमलव दुई बिलियन युआन थियो । यस्तै गत वर्षको सोही अवधिको तुलनामा छ सय ३१ दशमलव ६२ बिलियन युआन बढी हो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया