हरिहरदेव पन्तको स्मृति दिवसमा ‘समृद्धिको मार्गमा–२०८०’को विमोचन
काठमाडौं । डा. हरिहरदेव पन्तको आठौँ स्मृति दिवसका अवसरमा ‘समृद्धिको मार्गमा–२०८०’ पुस्तक विमोचन गरिएको छ । केही दिनअघि आयोजना गरिएको आठौँ स्मृति दिवस कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर गणेशबहादुर थापा, बैंककै लघुवित्त संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्ट, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष हरिकृष्ण पन्त, निर्धन संस्थाका सञ्चालक प्राडा फत्तबहादुर केसीले उत्कृष्ट लघुउद्यमीको व्यावसायिक सफलताको संगालो ‘समृद्धिको मार्गमा–२०८०’ पुस्तक विमोचन गरेका हुन् ।
निर्धन संस्थाका सञ्चालक केसीले वास्तवमै डा पन्त आर्थिक दूरदर्शी भएकाले गरिबी निवारणमा मार्गदर्शन गरेको बताए । सबै मिलेर वर्तमान चुनौती समाधान गरेर गलत क्रियाकलापलाई निरूत्साहित गर्न सकेमा मात्रै डा पन्तप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ थियो । लघुवित्त संघ नेपालका अध्यक्ष जगतबहादुर पोखरेलले डा पन्तले माइक्रो फाइनान्स क्षेत्रमा पु-याएको योगदानलाई सधैँ सम्झनुपर्ने र पन्तले देखाएको बाटोमा हिँड्नका लागि आफू सधैँ तयार रहेको बताए । कार्यक्रमका मुख्य अतिथि कार्यकारी निर्देशक नेपालले करिब १४ वर्ष अगाडि अनुगमनकै क्रममा स्व. पन्तसँग भेट भएको स्मरण गर्दै लघुवित्त सेवा विपन्नमा जानुपर्ने माथिल्लो वर्गमा जान नहुनेमा उनले जोड दिए । लघुवित्त सेवाको नियामकमा राष्ट्र बैंक नै हुनुपर्नेमा पनि उनले जोड दिए ।
कार्यक्रममा अर्का मुख्य अतिथि कार्यकारी निर्देशक डा. भट्टले डा पन्त मौद्रिक अर्थशास्त्री भएको बताए । डा भट्टले संस्थाले गरेका हरेक कार्य नमुनाको रूपमा रहेको भन्दै डा हरिहदेव पन्त स्मृति ग्रन्थको समीक्षा गरे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा कार्यक्रमका प्रमुख अतिथि गणेशबहादुर थापाले लघुवित्तको क्षेत्रमा डा पन्तको भूमिका अतुलनीय रहेको बताए । पन्तलाई सच्चा श्रद्धाञ्जलि दिने हो भने उनले लिएको बाटोमा हिँड्नुपर्ने बताएका थिए । कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डा. हरिहरदेव पन्त फाउन्डेसनका अध्यक्ष जनार्दन देव पन्तले कार्यक्रममा उपस्थित सबैलाई स्वागत तथा धन्यवाद व्यक्त गरेका थिए ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष हरिकृष्ण पन्तले कार्यक्रमको अध्यक्षता तथा समापन गरेका थिए । लघुउद्यमशीलताको क्षेत्रमा कार्य गर्ने लघुउद्यमीहरूको मनोबल वृद्धि गरी हौसला प्रदान गर्न निर्धन संस्थाद्वारा सञ्चालित लघुउद्यमशील पुरस्कार कार्यक्रमअन्तर्गत प्रदेशस्तरमा उत्कृष्ट लघुउद्यमीलाई ‘डा हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमशील पुरस्कार २०८०’ प्रदान गरिएको थियो ।
डा. पन्तको आठौँ वार्षिक पुण्य स्मृति दिवसमा निर्धन संस्थाद्वारा सञ्चालित डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार कायक्रमअन्तर्गत लघुउद्यमशीलताको क्षेत्रमा कार्य गर्ने उत्कृष्ट कार्य गर्ने कोशी प्रदेशकी उत्कृष्ट लघुउद्यमी श्रीमती विष्णु दर्जीलाई यस वर्षको डा हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कारस्वरूप नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र कुम्मायक गाउँपालिका उपप्रमुख महेन्द्रबहादुर खड्काले प्रदान गरेका थिए । पाँचथर जिल्ला, यासोककी विष्णु दर्जीले टेलरीङ तथा बंगुरपालन व्यवसाय गर्दै आएकी छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया