इ–सेवा र नागरिक लगानी कोषबीच सेवा विस्तारसम्बन्धी सम्झौता
काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रदायक संस्था इ–सेवा प्रालि र नागरिक लगानी कोषबीच सेवा विस्तारबारे सोमबार एक सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार नागरिक लगानी कोषका सेवाग्राहीले इ–सेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजनाको मासिक भुक्तानी तथा सबै कर्जाको भुक्तानी सजिलै गर्न सक्ने बताइएको छ ।
सम्झौतामा इ–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का तथा नागरिक लगानी कोषका तर्फबाट निर्देशक सीए शोभा श्रेष्ठले हस्ताक्षर गरेका थिए । हाल ८० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इ–सेवा र नागरिक लगानी कोषको यो सहकार्यले नेपाल सरकारको डिजिटल नेपाल को अवधारणालाई टेवा दिँदै विद्युतीय भुक्तानीलाई अभिप्रेरित गर्ने विश्वास लिइएको इ–सेवाले जनाएको छ । हाल इ–सेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत ८० लाख बढी ग्राहकले सेवा लिइरहेका छन् ।
यसैगरी देशभर रहेका दुई लाख १५ हजारभन्दा बढी एजेन्ट (इ–सेवा जोन तथा पोइन्ट)मार्फत अप्रत्यक्षरूपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इ–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, लोकसेवा आयोगको आवेदन दस्तुर, आन्तरिक राजस्व कार्यालयको राजस्व, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया