Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी भ्यालु फन्ड–२को इकाइ नेप्सेमा सूचीकृत

लक्ष्मी भ्यालु फन्ड–२को इकाइ नेप्सेमा सूचीकृत


काठमाडौं । लक्ष्मी भ्यालु फन्ड–२को इकाइहरू नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारदेखि सूचीकृत भएको छ । फन्डको आठ करोड इकाइहरू नेप्सेमा सूचीकृत भएका हुन् । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत् सञ्चालन हुने यो फन्डले गत साउन ५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिइकाइ १० रुपैयाँका दरले निष्काशन तथा बिक्री खुला गरेको थियो ।

नेप्सेमा एलभीएफ ११ नामबाट फन्डको इकाइहरू आउँदो भाद्र ३१ गतेदेखि दोस्रो बजारमा कारोबार हुनेछ । कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको यो फन्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया