Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सको वित्तीय साक्षरता तथा तीज कार्यक्रम

समृद्धि फाइनान्सको वित्तीय साक्षरता तथा तीज कार्यक्रम


काठमाडौं । समृद्धि फाइनान्सले शुक्रबार पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समूहको हलमा श्रमजीवी महिला काष्ठ हस्तकला उद्योगका २७ महिला सदस्यलाई वित्तीय साक्षरता तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । गैरसरकारी संस्था महासंघ वाग्मती प्रदेशको अध्यक्ष श्रीमती आरती पाठकको आतिथ्य तथा सामुदायिक विकास तथा सचेतना नेपालको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

फाइनान्सले मासिकरूपमा सम्पन्न गर्ने संस्थागतसामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमहरूको सूचीमध्ये भदौ महिनाको लागि तय भएको कार्यक्रमको रूपमा वित्तीय साक्षरता तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा श्रमजीवी महिला काष्ठ हस्तकला उद्योगका महिला सदस्यलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ज्ञान, बचतको फाइदा र समृद्धि फाइनान्सको महिला लक्षित योजनाहरूको बारेमा प्रस्तुति दिनुका साथै महिलाहरूलाई हरितालिका तीजको उपलक्ष्यमा शृङ्गारका सामग्रीहरू वितरण गरी दर कार्यक्रम सम्पन्न गरेको छ ।

समृद्धि फाइनान्सले भदौ महिनामा महिला विशेष अभियान चलाइरहेको छ । यस महिनामा समृद्धि फाइनान्समा समृद्धि गृहलक्ष्मी बचत खाता खोली उच्च ब्याजदरको प्रतिफलका साथै निःशुल्क डिजिटल बैंकिङको फाइदा लिन सक्ने बताइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया