Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकमा टाटा मोटर्सका ग्राहकलाई धितोविना नै ऋण

नबिल बैंकमा टाटा मोटर्सका ग्राहकलाई धितोविना नै ऋण


काठमाडौं । नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा विक्रेतालाई सस्तो र सहज वित्तीय सुविधा उपलब्ध गराउने भएको छ । टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रालि र बैंकबीच सहकार्य गर्ने सहमति भएको छ ।

सिप्रदी अटोपार्ट्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र नबिल बैंकका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा काठमाडौं उपत्यकाका खुद्रा विक्रेता तथा टाटा गुरुहरूको पनि उपस्थिति रहेको थियो । सम्झौताअनुसार अब नबिल बैंकले सिप्रदी अटोपार्ट्सका खुद्रा विक्रेतालाई सहज र सस्तो वित्तीय सुविधा उपलब्ध गराउने बताइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया