Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुरोपेली केन्द्रीय बैंकले बढायो ब्याजदर

युरोपेली केन्द्रीय बैंकले बढायो ब्याजदर


युरोप । युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले बिहीबार आफ्नो प्रमुख ब्याजदरलाई बढाएको छ । ईसीबीले ब्याजदर शून्य दशमलव २५ प्रतिशत विन्दुले बढाएर चार प्रतिशत पु-याएको छ । युरोपमा केन्द्रीय बैंकले लगातार दशौँ पटक ब्याजदर बढाएको हो । ब्याजदर बढाउनुअघि ब्याजदर स्थिर राख्ने वा बढाउने भन्नेमा अर्थशास्त्रीहरु विभाजित थिए ।

ईसीबीले मुद्रास्फीति नियन्त्रणका लागि भन्दै एक वर्षभन्दा लामो समयदेखि ब्याजदर बढाउँदै आएको छ । मुद्रास्फीतिको लडाइमा यो नै अन्तिम कदम हुनसक्ने अर्थशास्त्रीहरुले बताएका छन् । केन्द्रीय बैंकले रिफाइनान्सिङ दर पनि चार दशमलव २५ प्रतिशतबाट बढाएर साढे चार प्रतिशत पु-याएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया