वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना छैन : नेता निधि
महेन्द्रनगर (धनुषा) । जनकपुरधाममा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताएका छन् ।
उनले गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा कुनै शङ्का नरहेको बताए । वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको उनको भनाइ थियो । “अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यसमा कुनै द्विविधा नराखे हुन्छ”, नेता निधिले भने– “पूर्वसहमति अनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्छ ।”
राजनीतिक स्थायित्वका लागि पनि अहिलेको सरकार पाँच वर्ष चल्नुपर्नेमा जोड दिए । राजनीतिक प्रक्रियामा दलहरू जुट्नु, फुट्नु, मोर्चा बनाउनुलगायत कुरा सामान्य भएको उनको भनाइ थियो । विकास निर्माणका कार्यमा खुट्टा तान्ने प्रवृत्ति अन्त्य गर्दै सबैलाई एकजुट भएर अघि बढ्न नेता निधिले आग्रह गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- भारतलाई पेनाल्टीमा हराउँदै नेपाल साफ माहिला च्याम्पियनसिप फुटबलको फाइनलमा
- थाई एयर एसियाको उडान निलम्बित
- ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग काटिएको लाइन जडान गर्न आग्रह
- गैरआवासीय नेपालीका लागि लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी
- मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो
- २६ सय १७ बिन्दुमा खुम्चियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया