सोलुखुम्बुको कोशीपारिका गाउँपालिकासँग सडक सम्पर्क विच्छेद
महेन्द्र शाही
सोलुखुम्बु, वैशाख २३
सोलुखुम्बुको कोशीपारिका गाउँपालिकासँग सडक सम्पर्क टुटेको छ । निरन्तरको वर्षाका कारण दूधकोशी नदीमा पानीको वहाव बढेपछि सडक सञ्जाल टुटेको हो । ह्विम पाइप राखेर सवारी आवतजावत गरिए पनि पानीको वहाव बढेपछि सवारी आववगमन रोकिएको हो । जिल्लाका दुई गाउँपालिका सोताङ र महाकुलुङ गाउँपालिका सदरमुकाम सल्लेरीसँग सडक सञ्जालबाट विमुख भएका हुन् ।
जिल्लाको थुलुङ दूधकोशी र सोताङ गाउँपालिकाको सिमाना रहेको दिप्ली घाटमा राखिएको ह्युम पाइप बिग्रेपछि दुई गाउँपालिकासँगको सिधा सडक सम्पर्क टुटेको छ । दूधकोशी नदीमा मोटरेबल पुल नहुँदा यस क्षेत्रका स्थानीयहरुको वर्षात्को समयमा सदरमुकामसँगको सम्पर्क टुट्ने गरेको छ । यस क्षेत्रका नागरिकलाई जिल्लामा सदरमुकामसँग जोडने ह्विम पाइप एक मात्र विकल्प रहँदै आएको छ ।
गत शुक्रबार रातिदेखि परेको भारी वर्षाका कारण कोशी नदीमा वहाव बढेकाले ह्विम पाइप तितरवितर बनाएकाले सवारी आवागमन रोकिएको स्थानीय व्यापारी खेमराज खत्रीले जानकारी दिए । खत्रीका अनुसार ह्विम पाइप बिग्रिएसँगै कोशीपारिका क्षेत्रमा सदरमुकामसँगको सिधा सवारी सञ्चालन टुटेको छ । नदिनको वहाव बढेसँगै गाडीहरु वारिको वारि र पारिको पारि नै रोकिएको खत्रीको भनाइ छ । सडक अवरुद्ध भए पनि सोताङ आयल निगम डिपोमा इन्धन बोकेर सल्लेरीबाट गएको गाडी समेत बीच बाटोमै अलपत्र परेको डिपो सञ्चालन सन्तोष विश्वकर्माले बताए । खाद्यान्नलगायत सामग्री बोकेका सवारी दिप्लीघाटभन्दा वारि नै रहेका छन् ।
थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले पानीको वहाव अत्यधिक बढेकाले ह्विम पाइपबाटै सवारी सञ्चालन गर्न सकिने अवस्था न्यून रहेको बताएका छन् । दिप्लीघाटमा हुगा खोलाको पानी पनि मिसिएर आउने भएकाले वहाव बढेकाले सवारी सञ्चालनमा समस्या हुने गरेको छ । यो समयम हिउँ पग्लेर पानीको वहाव बढ्ने भए पनि यो वर्ष भने वर्षा भएको पानीको वहाव बढेको हो । पानीको वहाव बढेका कारण थुलुङ दूधकोशी गाउँपालिकाको जुबु र लोखिम जोड्ने बर्खुघाटमा राखिएको ह्विम पाइप पनि निकालिएको छ । पानीको वहावले बगाउने भएकाले पाइप निकालिएको गाउँपालिकोले जनाएको छ । ह्विम पाइप निकालिए पनि सो क्षेत्र पनि जिल्ला सदरमुकामबाट सिधा सवारी सम्पर्कबाट विच्छेद भएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आज देशभरको मौसम सफा रहने
- ठगीको अभियोगमा दुई पक्राउ
- राष्ट्रपति पौडेल आज अजरबैजान जानुहुँदै
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले
- मानव तस्करीको आरोप लागेका पूर्वमन्त्रीलाई एमालेले गर्यो निलम्बन
- हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
- चीनको अर्थतन्त्र सुधार्ने कोसिसलाई ट्रम्पले उल्ट्याइदिन सक्छन्?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया