हृयाकरहरूको सम्मेलन ‘थ्रेटकन थ्रेट्कन’
काठमाडौं । ह्याकरहरूको सम्मेलन ‘थ्रेटकन थ्रेट्कन २०२३’ सम्पन्न भएको छ । साइबर सुरक्षा फर्म थ्रेटनिक्सले हालै राजधानीमा तीन दिने ह्याकरको वर्कसप तथा सम्मेलन कार्यक्रमहरू आयोजना गरेको थियो ।
सो कार्यक्रममा ‘क्याम्चर द फ्ल्याग’ (सीटीएफ) प्रतियोगिता समेत भएको थियो । उक्त प्रतियोगितामा विभिन्न कलेज तथा आईटी कम्पनीहरूलाई प्रतिनिधित्व गर्दै कुल ३८ समूहको सहभागी रहेको थियो । सोमध्ये उत्कृष्ट पाँच समूह (पहिलोदेखि पाँचौँ)मा सफ्टवेरिका कलेजको विद्यार्थीहरू पर्न सफल भए । प्रथम हुने समूहले १० हजार रुपैयाँ नगद पुरस्कार र १६०० डलर (करिब २ लाख १४ हजार रुपैयाँ) बराबरको ओएससीपी प्रमाणपत्र (पीईएन २०० कोर्ष, ल्याबमा ९० दिनको पहुँच र परीक्षा) प्राप्त गर्न सफल भए । दोस्रो हुने समूहले साढे सात हजार रुपैयाँ नगद सहित २०३ डलर (करिब २७ हजार) बराबरको प्रतिष्ठित ह्याक दि बक्स (एचटीबी) को एक वर्षसम्म भीआईपी पहुँच र छ महिनाका लागि १६८ डलर (करिब २२ हजार रुपैयाँ) बराबरको दुई ओटा भीआईपी सब्सक्रिप्सन हात पारे ।
यस्तै, तेस्रो हुने समूहले पाँच हजार नगद पाए । साथै ह्याक दी बक्सको एक वर्षसम्म भीआईपी पहुँच र छ महिनाका लागि ८४ डलर (करिब ११ हजार रुपैयाँ) बराबरको एउटा भीआईपी सब्सक्रिप्सन पाए । वार्षिकरूपमा आयोजना हुने यो कार्यक्रम साइबर सुरक्षा र ह्याकिङमा रूचि राख्नेहरूको रूचिको केन्द्र बनेको आयोजकको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया