टीभीएसद्वारा च्याम्पियन्स एक्सचेन्ज मेलाको आयोजना
काठमाडौँ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले च्याम्पियन्स एक्स्चेन्ज मेलाको आयोजना गरेको छ । सोमबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको यो मेला असोज ६ गतेसम्म चल्ने बताइएको छ ।
यस मेलामार्फत ग्राहकले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट तथा उपहारहरू पाउने कम्पनीले जानकारी दिएको छ । यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुईपाङ्ग्रे सवारी साधन लिँदा बजार मूल्याङ्कनभन्दा १० हजार रुपैयाँ बढी मूल्य पाउने छन् । यस्तै, मेलामार्फत नै उपभोक्ताले कम्पनीद्वारा दशैँ तथा तिहारको अवसरमा सार्वजनिक ‘हर मोडमा उमङ्ग’ योजनाअन्तर्गत, नकिन्दै एक लाख र किन्दा नगद पाँच लाख रुपैयाँसम्मको नगद छुट पनि पाउन सक्ने व्यवस्था रहेको छ । साथै, हरेक महिना लक्की ड्रमार्फत शत प्रतिशत क्यासब्याक पनि जित्न सक्नेछन् भने एक भाग्यशाली विजेतालाई बम्पर उपहार १० लाख रुपैयाँ नगद पुरस्कार पाउने कम्पनीले जनाएको छ ।
यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश हुने बताइएको छ । जसअन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र शून्य प्रतिशत ब्याजदरको ईएमआईमा इच्छुकले बाइक तथा स्कुटर खरिद गर्न सक्ने बताइएको छ । यसबाहेक ग्राहकले हेलमेट, बाइक कभर र ब्यागजस्ता आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्ने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया