Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसोलुखुम्बुको नाम्चेमा नबिल बैंकको शाखा

सोलुखुम्बुको नाम्चेमा नबिल बैंकको शाखा


काठमाडौं  । नबिल बैंकको नयाँ शाखा सोलुखुम्बुमा खुलेको छ । बैंकको दुई सय ६५ औँ शाखा जिल्लाको नाम्चेमा उद्घाटन गरेको बैंकले जनाएको छ । बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल तथा प्रमुख अतिथि पूर्ववडाध्यक्ष छिरिङ फेन्जो शेर्पाले संयुक्तरूपमा शाखाको उद्घाटन गरिएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको समेत उपस्थिति थियो ।

उद्घाटन कार्यक्रममा अध्यक्ष पौड्यालले नाम्चेमा नबिलको व्यवसाय विस्तार मात्रै नभई समुदायस्तरमा काम गर्ने उद्देश्य नबिल बैंकको रहेको बताए । ‘नबिल बैंकले समुदायसँग मिलेर काम गर्नमा विश्वास राखेको छ र नाम्चेमा शाखा खोल्नु हाम्रो लागि खुसीको क्षण हो,’ उनले भने । प्रमुख अतिथि शेर्पाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए । उनले स्थानीयस्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए । नबिल बैंकका सीईओ ढुंगानाले नाम्चे क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए । ‘हामी यस क्षेत्रको आर्थिक आवश्यकता पूरा गर्न सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि हाम्रो प्रयास रहनेछ,’ ढुंगानाले भने ।

उद्घाटन समारोहमा वडा सदस्य न्वाङ शेर्पा, सीमा प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवा, प्रहरी निरीक्षक कविन राईलगायत स्थानीय प्रतिनिधिका साथै नबिल बैंकका उच्च अधिकारीको उपस्थिति रहेको थियो । नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक हो । बैंकको देशभर दुई सय ६५ वटा शाखा सञ्जालसहित तीन सय छ वटा एटीएम मेसिनबाट सेवा दिएको छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया