Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई मर्चेन्टको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल

नेपाल एसबीआई मर्चेन्टको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल


काठमाडौं  । नेपाल एसबीआई मर्चेन्टको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोखरेल नियुक्त भएका छन् । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको ५५ औँ बैठकले पोखरेललाई कार्यकारी अधिकृत नियुक्त गरेको हो । पोखरेलको नियुक्ति आइतबारदेखि नै लागू हुने निर्णय पनि बैंठकले गरेको छ ।

यसअघि उनले नेपाल एसबीआई बैंकको वित्त, लेखापरीक्षण र मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । बंैकिङ तथा वित्तीय क्षेत्रमा १० वर्षभन्दा बढीको कार्य अनुभव सँगालेका पोखरेल स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व रहेको मर्चेन्टले दाबी गरेको छ ।

नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवम् मर्चेन्ट बैंकिङबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा विश्वास पनि सञ्चालक समितिको छ । नेपाल एसबीआई बैंकको सहायक कम्पनीका रूपमा रहेको यस मर्चेण्टको चुक्ता पुँजी २० करोड रहेको छ । मर्चेण्टले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङलगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया