Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा छुट

सानिमा बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा छुट


काठमाडौं । सानिमा बैंकका ग्राहकले पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुट पाउने भएका छन् । दुई पक्षबीच भएको सम्झौतापछि सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

सानिमा बैंकका ग्राहकले ओपीडी/आईपीडी तथा बेडसम्बन्धी शुल्कमा १३ प्रतिशत, औषधीको शुल्कमा सात प्रतिशत र सर्जरी शुल्कमा पाँच प्रतिशत छुट प्राप्त गर्न सक्ने बताइएको छ । बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको बताएको छ । बैंकले देशको सातै प्रदेशमा एक सय ३२ वटा शाखा कार्यालयहरू तथा एक सय २३ वटा एटीएम सञ्चालनमा रहेको बताएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया