Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई पेको ‘एकको डबल अफर’

आईएमई पेको ‘एकको डबल अफर’


काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आईएमई पेले असोज ३ र ४ गते सञ्चालन हुने अल्टिमा अनलाईन मेला’मा ‘एकको डबल’ अफर सार्वजनिक गरेको छ । अल्टिमाले आफ्नो वेबसाइटको लन्चको अवसरलाई लक्षित गर्दै सञ्चालन गर्ने ‘अल्टिमा अनलाइन मेला’मा बिहान ९ देखि ११ सम्म र साँझ ६ बजेदेखि राति ८ बजेसम्म एउटा अल्टिमा अटोम ५२० वा अल्टिमा अटोम ३२० एयरवड्स खरिद गर्ने पाँच सय जना सेवाग्राहीलाई अर्को एयरबड निःशुल्क प्रदान गर्ने व्यबस्था गरेको छ ।

साथै, अन्य अल्टिमाका सामग्रीहरू आईएमई पेमार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त हुने कम्पनीले जनाएको छ । अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाइसम्म लैजान तथा ग्राहकलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आईएमई पेलेका सीर्ईओ प्रविन रेग्मीले दिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया