Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसन नेपाल लाइफको सेयर सूचीकृत

सन नेपाल लाइफको सेयर सूचीकृत


काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर सूचीकृत भएको छ । मंगलबार उक्त कम्पनीको तीन करोड २० लाख कित्ता साधारण सेयर नियमित कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीसहित सर्वसाधारणका लागि बिक्री गरेको ९६ लाख कित्ता र संस्थापक सेयरधनीले लगानी गरेको दुई करोड २४ लाख कित्ता सेयर सेयर गरी उक्त परिमाणमा सेयर सूचीकृत गरेको हो । कम्पनीले सूचीकृत सेयरको पहिलो कारोबारका लागि प्रतिकित्ता सेयर मूल्य एक सय ५८ रुपैयाँ ४१ पैसादेखि चार सय ७५ रुपैयाँ २३ पैसाको रेञ्ज पाएको छ । यही मूल्य रेञ्जलाई आधार मानेर बिहीबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुला हुने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया