Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र बैंकले बेच्यो नौ अर्ब ६४ करोडको विकास ऋणपत्र

राष्ट्र बैंकले बेच्यो नौ अर्ब ६४ करोडको विकास ऋणपत्र


काठमाडौं । नेपाल राष्ट्र बैंकले छ वर्षे अवधिको नौ अर्ब ६४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार मंगलबार अपराह्न तीन बजेसम्ममा बोलकबोलको माध्यमद्वारा विकास ऋणपत्र २०८६ ‘ठ’ (६ वर्षे) बिक्री गरिएको हो ।

सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा निष्काशन गरिएको ऋणपत्रको निष्काशन मिति २०८० असोज चार तोकिएको छ भने ऋणपत्रको परिपक्व हुुने अर्थात् सावाँ भुक्तानी हुने मिति २०८६ असोज चार गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरूपमा सहभागी भएर उक्त ऋणपत्र खरिद गरेको बैंकले जनाएको छ । खरिदको लागि छुट्याइएको कुल ऋणपत्रमध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब १९ करोड चार लाख र एक अर्ब ४४ करोड छ रुपैयाँ छुट्याइएको थियो ।

खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्न सक्ने व्यवस्था तोकिएको थियो । राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाकोरूपमा मात्र भाग लिन व्यवस्था रहेको थियो । यस बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्र्धीको रूपमा भाग लिन नपाउने व्यवस्था तोकिएको थियो । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुने बताइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया