Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंक र घरघरमा डाक्टरबीच सम्झौता

कृषि विकास बैंक र घरघरमा डाक्टरबीच सम्झौता


काठमाडौं । कृषि विकास बैंक र घरघरमा डाक्टर प्रालिबीच व्यावसायिक सहकार्यको सम्झौता भएको छ । घरघरमा डाक्टर प्रालिले रोग निधान तथा प्रतिरक्षाका लागि सरसल्लाहसहितको उपचारको प्रबन्ध गर्दै आएको छ भने बैंकले घरघरमा डाक्टर प्रालिका ग्राहकको पाँच लाख रुपैयाँको दुर्घटना बीमासहितको बैंक खाता खोली कारोबारमा सहजता प्रदान गर्ने बैंकले जनाएको छ ।

घरघरमा डाक्टर प्रालिका अध्यक्ष हेमा जिसी र कृषि विकास बैंकका उप महाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरी कारोबारको विधिवत् सुरुवात गरेका हुन् । सम्झौतापत्र आदानप्रदान गर्दै घरघरमा डाक्टर प्रालिका अध्यक्ष जिसीले सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको बताए । यसको लाभ स्वाभाविकरूपमा दुवैलाई मिल्ने गरी सेवाग्राहीको स्वास्थ्य अवस्थाका सम्बन्धमा परामर्श तथा उपचार पद्धतिका सम्बन्धमा सचेतना अभिवृद्धि गर्न सकेमा जनताको अकालमा ज्यान जान नदिन सहयोग पुग्ने व्यक्त गरे । कृषि विकास बैंकसँग कारोबार गर्दा थप गौरव महसुस गर्दै आजको सरकारी बैंक अन्य निजी क्षेत्रका बैंकभन्दा अब्बल रहेको र बैंकिङ कारोबार गर्न घरघरमा डाक्टर प्रालि तत्पर रहेको उल्लेख गरे । बैंकका उप महाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले घरघरमा डाक्टर प्रालिको देशभर रहेका सेवाग्राही, प्रालिका कर्मचारीको तलब बचत खातालगायत कर्जा, बैंक जमानत तथा प्रतीतपत्र कारोबार समेत बैंकले गर्ने गरी भएको सम्झौताले सरोकारवाला ग्राहकमा फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

घरघरमा डाक्टर प्रालिले सञ्चालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्रलगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम सञ्चालनमा जारी गरेको ५० प्रतिशतमा छुट दिने बताइएको छ । सम्झौता समारोहमा बैंकका ब्राण्ड एम्बेसेडर जितु नेपाल, बैंकको मार्केटिङ तथा सेल्स विभागका विभागीय प्रमुख बीना शर्मा, सेन्ट्रल अपरेसन विभागका विभागीय प्रमुख मीनराज पोखरेललगायत घरघरमा डाक्टर प्रालिका कर्मचारी र बैंकको मार्केटिङ तथा सेल्स विभागका कर्मचारीको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया