फेरारीको नाफा घट्ने अनुमान
मिलान, वैशाख २३
विलासी स्पोर्ट्स कार निर्माता कम्पनी फेरारीले सन् २०२० का लागि यसअघि गरेको नाफा अनुमान कटौती गरेको छ । सोमबार कम्पनीले विश्व महामारीका कारण कम्पनीको नाफा अझै घट्ने अनुमान गरेको हो । चालू वर्षको दोस्रो त्रैमासिकमा कोरोनाको असर अझै गहिरिने कम्पनीको भनाइ छ ।
रातो फर्मुला १ रेसिङ कारका लागि चर्चित कम्पनीले विभिन्न ब्याज, करलगायतका कारण गत वर्षभन्दा कम अर्थात् १ देखि १ अर्ब २० करोड युरोसम्म हुने अनुमान गरेको हो । यसअघि फेब्रुअरीमा कम्पनीले यो वर्ष नाफा १ अर्ब ३८ करोडदेखि १ अर्ब ४३ करोड युरो हुने अनुमान गरेको थियो ।
इटलीको कम्पनीले सोमबारदेखि मारानेलो र मोडेनास्थित कार प्लान्टमा काम सुरु गरेको छ । कम्पनीका अनुसार फर्मुला १ कारको आम्दानी ह्वात्तै घट्नसक्नेछ । किनभने कार दौड प्रतियोगिताहरु विश्वभर रोकिएका छन् । कम्पनीको उक्त अनुमानसँगै सेयर २.७ प्रतिशत अर्थात् १३९.५५ युरो प्रतिकित्ताले घटेको थियो । फेरारीले सन् १९२९ देखि कार उत्पादन गर्दै आएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया