Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट


काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य र होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थासँग सम्झौता गरेको छ । बैंकले सूर्य जनसेवा हेल्थ केयर कोटेश्वर, सूर्यपुरा पोलिक्लिनिक गैडहवा, कर्नर प्वाइन्ट रेस्टुरेन्ट एन्ड बार न्युरोड काठमाडौं, इ रिभल्बिङ इन्डियन कुजाइन रेस्टुरेन्ट न्युरोड काठमाडौं र गंगाजमुना युनिसेक्स सैलुन सुनसरीसँग सम्झौता गरेको हो ।

सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सो संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्ने बताइएको छ । यसअन्र्तगत् कोटेश्वरमा रहेको सूर्य जनसेवा हेल्थकेयरको प्रयोगशाला परीक्षणमा २० प्रतिशत, अल्ट्रा साउन्ड, एक्स रे, इको, इन्डोस्कोपी, जनरल वार्ड, क्याबिन र ओपीडीमा १५ प्रतिशत छुट हुने छ भने सूर्यपुरामा रहेको सूर्यपुरा पोलिक्लिनिकमा ल्याब, एक्स रे, भिडियो एक्सरे, ईसीजी र बेड शुल्कमा १० प्रतिशत, औषधिमा पाँच प्रतिशत र ओपीडी निःशुल्क हुनेछ ।

यसैगरी काठमाडौंको न्युरोडमा रहेको कर्नर प्वाइन्ट रेस्टुरेन्ट एण्ड बारमा सबै खाना र वेभरेजमा १० प्रतिशत, न्युरोडमै रहेको ई– रिभल्विङ इन्डियन कुजिन रेस्टुरेन्टमा १० प्रतिशत र इटहरीमा रहेको गंगाजमुना युनिसेक्स सैलुनले दिने सबै प्रकारका सेवामा १० प्रतिशत छुट पाउने बैंकले जानकारी दिएको छ । यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्षरूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया