Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारलगानी भि†याउन चीनको केन्द्रीय बैंकको पहल

लगानी भि†याउन चीनको केन्द्रीय बैंकको पहल


चीन । चीनको केन्द्रीय बैंकले विदेशी वित्तीय संस्था र कम्पनीहरुसँग वैदेशिक व्यापार र विदेशी लगानीको वातावरण सहज बनाउने उपाय खोज्न छलफल गरेका छन् । छलफलमा चीनको विदेशी मुद्रासम्बन्धी नियामक निकाय पनि सहभागी थियो ।

छलफलमा जेपी मोर्गन, एजएसबीसी, ड्यूस बैंक र टेस्लाका प्रतिनिधिहरु सहभागी भएको चिनियाँ केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ले जनाएको छ ।

केन्द्रीय बैंकले जारी गरेको विज्ञप्तिमा गभर्नर पान गोङ्सेङले बजार उन्मुख र पहिलो–स्तरीय अन्तर्राष्ट्रिय व्यापार वातावरण निर्माण गर्न चीन आफ्नो नीतिमा सुधार गर्न तयार रहेको बताएको उल्लेख छ । गभर्नर पानले चीनले आफ्नो वित्तीय सेवाको गुणस्तर र प्रभावकारितालाई निरन्तरता दिने पनि बताएका छन् ।

चीनले गत अगस्टमा थप विदेशी लगानी आकर्षित गर्न विदेशी पुँजीसम्बन्धी निर्देशिका जारी गरेको थियो । चिनियाँ अधिकारीहरुले बौद्धिक सम्पत्ति अधिकारको कार्यान्वयनमा सुदृढ गर्दै विदेशी लगानीकर्ताको हित संरक्षण बढाउनुपर्नेमा जोड दिएका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया