Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलको नयाँ योजना

एनसेलको नयाँ योजना


काठमाडौं । एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा एनसेलका प्रत्येक ग्राहकले अब हरेक दिन स्योर प्राइज गिफ्टको फाइदा लिन सक्ने भएका छन् । यस्तै, ग्राहकले साप्ताहिक रूपमा बोनस ब्यालेन्स र बम्पर पुरस्कारको रूपमा स्कुटर पनि प्राप्त गर्ने बताइएको छ ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत यो आकर्षक योजना ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ ल्याएको एनसेलले जनाएको छ । दैनिक उपहार, साप्ताहिक र बम्पर पुरस्कार पाउन योग्य हुन ग्राहकले सजिलै ८१७११७३ डायल गर्न सक्छन् । यो कोड डायल गरेपछि ग्राहकले विनाकुनै शुल्क एनसेलका सेवा, सुविधाहरू स्योर प्राइजस्वरूप प्राप्त गर्छन् । ग्राहकलाई प्रदान गरिने उपहारमा निःशुल्क डिजिटल सेवा सदस्यता, एनसेल नेटवर्कमा फोन, एसएमएसका साथै डेटा चलाउन मिल्ने ब्यालेन्स, डेटा, एनसेल अन नेट टक टाइम र एसएमएस रहेका छन् ।

स्योर प्राइज उपहारस्वरूप प्राप्त हुने सेवा, सुविधाहरू २४ घण्टाको लागि मान्य रहन्छ । २८ दिनसम्म सञ्चालनमा रहने यस योजना अवधिमा एक हजार जना ग्राहकले हरेक हप्ता सरप्राइजस्वरूप एक सय रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । योजनाको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले बम्पर पुरस्कारको रूपमा एक–एक वटा स्कुटर जित्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया