Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकर्मचारीको विवरण उपलब्ध गराउन आदेश

कर्मचारीको विवरण उपलब्ध गराउन आदेश


चीन । चीन सरकारले हङकङस्थित सबै वाणिज्य दूतावास/कूटनीतिक नियोगमा कार्यरत स्थानीय कर्मचारीको व्यक्तिगत विवरण उपलब्ध गराउन आदेश दिएको छ । आगामी अक्टोबर १८ सम्ममा सबै स्थानीय कर्मचारीको विवरण उपलब्ध गराउन हङकङस्थित चिनियाँ विदेश मन्त्रालयको आयुक्तको कार्यालयले आदेश दिएको हो ।

आयुक्तको कार्यालयले स्थानीय कर्मचारीको व्यक्तिगत विवरण लिने निर्णय अन्तर्राष्ट्रिय अभ्यासअनुरूप भएको दाबी गरेको छ । अब हङकङमा पनि मुख्य भूमिमा कार्यान्वयन गरिएका नियम लागू हुनेछन् । चिनियाँ पक्षले हङकङमा रहेका विदेशी कन्सुलर कार्यालयहरूको मामिला प्रचलित कानुनअनुसार र व्यावहारिक दृष्टिकोणबाट व्यवस्थापन गर्दै आएको स्पष्ट गरको छ ।

चिनियाँ अधिकारीहरूलाई बुझाउनुपर्ने सूचनामा कुन पदमा कर्मचारीले काम गरिरहेको हो, निजको आवासीय ठेगाना र परिचय पत्र नम्बरहरू समावेश गर्न निर्देशन दिइएको छ । नयाँ कामदार भर्ती गरेमा निजको विवरण पनि १५ दिनभित्र अनिवार्यरुपमा बुझाउन पत्राचार गरिएको छ । आयुक्तको कार्यालयले नयाँ नियमको उद्देश्यबारे केही खुलाएको छैन ।

सन् १९९७ मा बेलायतले चिनियाँ भू–भाग हङकङ बेइजिङलाई हस्तान्तरण गरेको हो । विशेष स्वायत्तता शासन पद्धति अपनाइएको हङकङमा पछिल्ला दिनमा बेइजिङविरोधी गतिविधि बढ्न थालेपछि कडा राष्ट्रिय सुरक्षा कानुन लगाएर सहर व्यवस्थापन हुँदै आएको छ । रासस


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया