आइसर मेगा सर्भिस क्याम्प सकियो
काठमाडौं । नेपालभरका ११ विभिन्न स्थानबाट सञ्चालन गरिएको आइसर मेगा सर्भिस क्याम्प सकिएको छ । यस क्याम्पमा २ हजार जनाभन्दा बढीले आफ्ना सवारीको सर्भिसिङमार्फत लाभ लिएका थिए ।
बतास एमएडब्लुले आइसर मेगा सर्भिस क्याम्पमा उपस्थित ग्राहकलाई छ महिनासम्म पाट्र्समा वारेन्टी प्रदान गरेको जनाएको छ । यसका साथै नियमित मर्मतसम्भारदेखि उच्च दक्ष प्राविधिक टोलीबाट अप्रत्याशित मर्मतको सुविधा पनि आइसरले आफ्नो ग्राहकलाई प्रदान गरेको छ ।
बिदाको समय तथा रात्रिकालीन सेवाका लागि आपतकालीन सेवा चौबिसै घण्टा सञ्चालन हुने र उक्त सेवा लिनका लागि टोल फ्रि नम्बर १६६००१११५५५ मा फोन गरी चौबिसै घण्टा सेवा लिन सकिने जानकारी यस क्याम्पमा गराइएको थियो । बतास एमएडब्लूले सधैँ गुणस्तरीय सेवालाई आफ्नो उद्देश्यको रूपमा प्राथमिकता दिएको छ । व्यावसायिक सवारी साधनहरूका लागि उत्तम सम्भावित हेरचाह उपलब्ध गराउने प्रतिबद्धता, ग्राहकको अपेक्षाहरू पूरा गर्ने प्रयासकै कारणले यस उद्योगले मान्यता पाएको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया