Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोकाकोलाको ‘चिल एन विन’ क्याम्पेन

कोकाकोलाको ‘चिल एन विन’ क्याम्पेन


काठमाडौं । कोकाकोला नेपालले ‘चिल एन विन २.०’ क्याम्पेन सञ्चालनमा ल्याएको छ । कम्पनीले ‘चिल एन विन’ को अपार सफलता यो क्याम्पेन फेरि सञ्चालनमा ल्याइएको जनाएको छ ।

यस क्याम्पेनले बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिकरूपमा आठ जनाका लागि एउटा बाइकलगायतका पुरस्कारहरू जित्ने अवसर प्रदान गर्नेछ । साथै, दैनिक टप–अपसहित स्मार्टफोनहरू पनि प्रदान गरिनेछ भने अनेकौँ एक्साइटिङ पुरस्कारहरू जित्ने सम्भावना अगाडि ल्याएको छ । यस क्याम्पेनमा सहभागी हुन कोकाकोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलहरूको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतलहरू (आरजीबी) को बिर्कोमुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्ने कम्पनीले जनाएको छ । यी कोडहरू क्याम्पेनको वेबसाइट स्प्राइट डट कम डट एनपीमा पनि पठाउन सकिन्छ ।

एसएमएसमार्फत इन्टर गर्न, सहभागीहरूले मेसेज बक्समा कोक लेखी एक स्पेस छाडेर लेबल युनिक कोड लेखेर फेरि एक स्पेस छाडी आफ्ना पूरा नाम टाइप गरी ३४००१ मा एसएमएस पठाउनुपर्ने हुन्छ । यसको विकल्पमा लेबलमा रहेको विशेष क्युआर कोड स्क्यान गर्न पनि सक्नेछन् । यो क्याम्पेन ३१ अक्टोबरसम्म चल्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया