Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटाटा र दुगड पावरबीच सम्झौता

टाटा र दुगड पावरबीच सम्झौता


काठमाडौं । नेपालको नवीकरणीय ऊर्जा पहललाई बढावा दिन टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेड (टीटीआरईएल) र दुगड पावर फोर्जबीच सहकार्य गर्ने सहमति भएको छ । नेपालमा दूतरूपमा विकास भइरहेको नवीकरणीय ऊर्जाको विकासमा टीटीआरईएलको रणनीतिक प्रवेशलाई यस सहमतिले बढावा दिने बताइएको छ ।

टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष खन्नाले दुगड पावरसँगको यो साझेदारीले नेपालको नेपालको ऊर्जाको सम्भाव्य बजारभित्र आफूहरू प्रवेश गरेको बताए । यस्तै, दुगड पावर प्रालिका निर्देशक अभिषेक दुगडले टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेडसँगको सहकार्य नेपालको ऊर्जाको क्षेत्रको आवश्यकतालाई दीर्घकालीन, आत्मनिर्भर र नवीकरणीय बनाउने रणनीतिक एकता भएको उल्लेख गरे । नेपालको हरेक कुनामा स्वच्छ ऊर्जा पु-याउने कार्यमा आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ थियो । टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेड नवीकरणीय ऊर्जा क्षेत्रको नेतृत्वदायी खेलाडी हो । यसले विश्वभर नै ३ जीडब्लुभन्दा बढीको सेल र मोडुल बेचेको छ । तीन दशमलव चार मेगावाटको नेदरल्याण्डमा, तीन दशमलव ३७ मेगावाटको अमेरिकामा जस्ता कम्पनीले ठूला र बहुमापनका कम्पनीलाई यसले ऊर्जा दिएको छ ।

यस्तै, दुगड पावरले नेपालको नवीकरणीय ऊर्जाको क्षेत्रमा कार्य गर्दै आएको छ । यी दुवै कम्पनीले संयुक्तरूपमा नेपालको ऊर्जा समाधानका लागि रूपान्तरणकारी कार्य गर्न क्षमता राख्ने बताइएको छ । यो साझेदारीले नेपालको ऊर्जा क्षेत्रलाई पुनः परिभाषित बनाउने लक्ष्य राखेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया