भारत–क्यानडा तनाव : कूटनीतिज्ञ कटौती गर्न नयाँ दिल्लीको माग
एजेन्सी । एक सिख पृथकतावादीको हत्याको विषयलाई लिएर उत्पन्न विवाद चर्किँदै गएपछि नयाँ दिल्लीले भारतमा रहेका क्यानाडेली कूटनीतिक कर्मचारी कटौतीको माग गरेको छ । भारतले भिसा सेवा पनि बन्द गरेको जनाएको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत जुनमा भ्यानकुभरनजिकै हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्टको भूमिका रहेको भन्ने आरोपलाई गम्भीरताका साथ लिन भारतसँग माग गरेका छन् । यस परिणामले निज्जरको हत्यामा भूमिका खेलेको कुनै पनि भनाइलाई ‘बेतुकको हल्ला’ भन्दै भारतले आरोपको खण्डन गरेको र कूटनीतिक अधिकारीको निष्काशनको मार्गलाई अँगालेको थियो ।
यो आरोपले विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश भारत र जी–७ सदस्य क्यानडाबीचको तनावपूर्ण सम्बन्ध नयाँ उचाइमा पुगेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले कूटनीतिक उपस्थितिमा समानता हुनुपर्ने माग राखेको बताएका छन् । ‘हामीले क्यानाडा सरकारलाई कूटनीतिक उपस्थितिमा समानता हुनुपर्छ भनेर सूचित गरेका छौँ’, उनले भने, ‘यहाँ उनीहरूको संख्या क्यानाडामा हाम्रोभन्दा धेरै छ । त्यसमा कमी हुनुपर्छ भन्ने मलाई लाग्छ ।’
नयाँ दिल्लीले पनि क्यानडामा भिसा आवेदनहरू ह्यान्डल गर्न बन्द गरेको बताएको छ, ‘सुरक्षा खतराहरू’ कारक देखाउँदै उनीहरूले यसले आफ्ना अधिकारीहरूको काममा ‘बाधा’ पु-याइरहेको बताएका छन् । ‘हालका लागि क्यानडाको सुरक्षा अवस्था र क्यानडा सरकारको अकर्मण्यताका कारण हामीले अस्थायीरूपमा भिसा सेवा बन्द गरेका छौँ’, बागचीले भने ।
केही घण्टाअघि क्यानडाको उच्चायोगले आफ्ना कर्मचारीलाई ‘विभिन्न सामाजिक सञ्जालमा धम्की’ दिएपछि भारतमा रहेका कूटनीतिज्ञको संख्या ‘समायोजन’ गर्ने बताएको थियो । क्यानडाको नियोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तनाव बढेको वर्तमान वातावरणलाई मध्यनजर गर्दै हामी हाम्रा कूटनीतिज्ञहरूको सुरक्षा सुनिश्चित गर्न कदम चालिरहेका छौँ ।’ विज्ञप्तिमा भनिएको छ, ‘परिणामस्वरूप, र सावधानीको प्रचुरताको कारण, हामीले अस्थायीरूपमा भारतमा कर्मचारीहरूको उपस्थिति समायोजन गर्ने निर्णय गरेका छौँ ।’
क्यानाडेली नियोगले त्यहाँबाट बाहिरिने व्यक्तिको संख्याबारे विस्तृत विवरण नदिए पनि आफ्ना कार्यालयहरू ‘खुला र सञ्चालन’ भएको बताउँदै आफ्ना कर्मचारीको सुरक्षा सुनिश्चित गर्न आह्वान गरेको छ । रासस
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया