मकवानपुरमा ‘लकडाउन’ थप कडाइ, सबै नाका बन्द
हेटौडा, वैशाख २४
देशभर कोरोनाको संक्रमित बढेसँगै मकवानपुरमा पनि मंगलबारदेखि लकडाउनमा थप कडाइ गरिएको छ । साथै मकवानपुरमा प्रवेश गर्नुपरेमा अनिवार्य पीसीआर परीक्षण गनुपर्ने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले यसअघि बाहिरी जिल्लाबाट आउनेको -यापिड टेस्ट गर्ने गरिएको भए पनि अब पीसीआर परीक्षणपछि मात्रै जिल्ला भित्रिन पाउने निर्णय गरेको बताए । साथै अत्यावश्यक सामग्री ढुवानीबाहेकका सबै सवारी साधनलाइ मकवानपुरमा प्रवेश गर्न रोक लागाउने निर्णय गरिएको छ ।
यो निर्णयले हेटौडा हुँदै रातारात काठमाडौँ प्रवेश गर्ने बसहरू रोकिने भएका छन् । मकवानपुर जिल्ला औधोगीक नगरी पनि भएकोले यहाका उद्योग सञ्चालनलगायत विकास निर्माण र कृषि कार्यको लागि अति आवश्यक मानिस आउनु परेमा पनि अनिवार्य पीसीआर परीक्षण गरी प्रवेश दिइने प्रमुख खुलालले बताए ।
पासको दुरूपयोग रोक्न विकास निर्माणमा प्रयोग हुने सवारी साधनलाई सिफारिस दिँदा स्थानीय तहको प्रमुख वा प्रशासकीय अधिकृतले मात्र दिनुपर्ने निर्णय गरिएको छ । सिफारिस गर्दा सत्यतथ्य बुझी सवारी साधनको नम्बर, कामको प्रकृति र प्रयोजनसमेत खुलाई त्यसको जानकारी जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यलयमा समेत अनिवार्य जानकारी गराउनुपर्ने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया