Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदसचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित 

सचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित 


नेपाल क्रिकेट सङ्घ (क्यान)को सचिव पदमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का विजयी भएका छन्।क्यानको आज भएको केन्द्रीय निर्वाचनमा पूर्वकप्तान खड्का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई पछि पार्दै निर्वाचित भएका हुन । उनी क्यानको बागमती प्रदेशका अध्यक्षसमेत हुन । कुल ८५ मतदाता रहेकामा खड्काले ४८ पत प्राप्त गरे । उनका प्रतिद्वन्द्वीले ३७ मत प्राप्त गरे।
निर्वाचित सचिव पारसले क्रिकेट खेलका लागि जिल्ला र प्रदेशलाई बलियो बनाउँदै अगाडि बढाउने विचार व्यक्त गरे । क्रिकेट खेलमा लागेर बाँच्न सकिने वातावरणको सिर्जना गर्न आफू प्रयासरत रहनेसमेत उनको भनाइ छ ।
त्यस्तै क्यानको अध्यक्षमा चन्द पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष खड्का निर्विरोध निर्वाचित भएका थिए ।
महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित भइन । सदस्यमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीबाट श्रीधर केसी पनि सर्वसम्मत चयन भए।
अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक–एक जना सदस्य र खुला पाँच सदस्यका लागि पनि चुनाव भएको थियो । त्यसमा कोशीबाट अर्जुन पौडेल ४७ मत प्राप्त गर्दै विजयी भए । मधेस प्रदेशबाट माधवकुमार कर्मचार्य र मोहम्मद दाउद अन्सारीको भोट ४२ बराबर हुँदा गोलाप्रथाबाट माधवकुमार कर्माचार्य विजयी भए ।
त्यस्तै गण्डकीबाट सुदीप शर्मा ५२ मतसहित विजयी भए भने  बागमतीमा दिवाकर घले ४६ मत ल्याएर विजयी भए। सुदुरपश्चिमबाट विक्रम विष्ट ४९ भोट प्राप्त गर्दै विजयी भए । खुला सदस्यमा धीरेन्द्र साउद  ५९ र दुर्गाराज पाठक ५४ ल्याएर निर्वाचित भए ।
त्यस्तै आयुष श्रेष्ठले ५१ मत प्राप्त गर्नुभयो भने वीरेन्द्र चन्द ३४ मत ल्याएर विजयी भए । करण महतरा क्षेत्री र ऋषिराम गौतमले बराबर २६ मत प्राप्त गरे र गोलाप्रथा गर्दा महतरा विजयी भए ।
पाँच प्रदेशबाट चयन हुने एक–एक सदस्यका लागि कुल १० जनाको उम्मेदवारी परेको थियो । खुलातर्फका पाँच जनाका लागि १३ को उम्मेदवारी परेको थियो । क्यानको निर्वाचनमा कुल ८५ जनाले मतदान गरेका थिए ।

क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया