Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेप्सको अध्यक्षमा न्यौपाने

नेप्सको अध्यक्षमा न्यौपाने


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेप्स (नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड)को अध्यक्ष पदमा नियुक्त भएका छन् । न्यौपाने अध्यक्षमा नियुक्त हुनुअघि यसै संस्थामा माछापुच्छ्रे बैंकको तर्फबाट सञ्चालकको रूपमा प्रतिनिधित्व गर्दै आएका थिए । नवनियुक्त अध्यक्ष विश्वम्भर न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा नीलम ढुङ्गाना तिम्सिना समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

विगत १९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध भई हाल उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका छन् । साथै, उनीसँग बैंकिङ क्षेत्रको २५ वर्षभन्दा लामो अनुभव रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया