Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभोको वाई१७एस सार्वजनिक

भिभोको वाई१७एस सार्वजनिक


काठमाडौं । भिभोले ट्रेन्डी डिजाइन, उत्कृष्ट क्यामेरा र स्मुद कार्यसम्पादन क्षमता भएको वाई सिरिजमा आफ्नो नयाँ स्मार्टफोन भिभो वाई१७एस सार्वजनिक गरेको छ । नवीन तथा आकर्षक विशेषता भएको वाई१७एस सबैलाई पहुँचयोग्य बनाउन भिभोले यो नयाँ स्मार्टफोन निकै आकर्षक तथा सुलभ मूल्य १६ हजार नौ सय ९९ रुपैयाँमा सार्वजनिक गरेको हो ।

भिभो वाई१७एस मा मूलभूतरूपमा एलिगेन्ट डिजाइनलाई प्राथमिकतामा राखिएको छ । स्टाइल र कार्यक्षमता दुवैलाई सहजरूपमा एकीकृत गर्दै यो स्मार्टफोनमा एक ट्रेन्डी डुअल क्यामेरा डिजाइन रहेको छ । यसमा भएको दुई दशमलव पाँच डी सामग्रीले आरामदायी ग्रिप सुनिश्चित गर्नुका साथै सोफेस्टिकेसनको स्पर्श थप्दै, प्रतिस्पर्धाबाट अलग बनाउने कम्पनीले जनाएको छ । भिभो वाई१७एस दुई आकर्षक रंगहरू ग्लिटर पर्पल र फरेस्ट ग्रीनमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार भिभो वाई१७एसमा प्रभावशाली ५० एमपी पोट्रेट क्यामेरा, दुई एमपी बोकेह क्यामेरा र आठ एमपी फ्रन्ट क्यामेरा रहेका छन् ।

भिभो वाई१७एस मा पाँच हजार एमएएचको विशाल ब्याट्री रहेको छ । साथै, वाई१७एसमा छ जीवी+६जीवी एक्सटेन्डेड ¥याम र १२८ जीवीको ठूलो रोम रहेको र यसमा आईपी५४ डस्ट र वाटर रेजिस्टेन्स पनि छ, जसले उपकरणलाई अतिरिक्तस्तरको सुरक्षा प्रदान गर्ने बताइएको छ । वाई१७एस मा हाई ब्राइटनेस डिस्प्ले रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया