Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा एम्पियर इलेक्ट्रिक स्कुटरको बुकिङ खुला

नेपालमा एम्पियर इलेक्ट्रिक स्कुटरको बुकिङ खुला


काठमाडौं । ग्रीभ्स कोटन एण्ड कम्पनीको अन्तर्गतको एम्पियर इलेक्ट्रिक स्कुटरको नेपालमा बुकिङ खुला गरिएको छ । केडिया इन्टरनेसनल प्रालिले नेपालमा एम्पियरको इलेक्ट्रिक स्कुटर भित्र्याउन लागेको हो ।

कम्पनीले दुई इलेक्ट्रिक स्कुटर मोडल एम्पियर प्राइमस र एम्पियर म्याग्नस ईएक्स नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । सोहीअनुसार कम्पनीले यी दुवै मोडेलको अग्रिम बुकिङ पनि खुला गरेको हो । कम्पनीका अनुसार एम्पियर प्राइमस अत्याधुनिक प्रविधि र भविष्यका विशेषताका साथ डिजाइन गरिएको छ । प्राइमसले ४ किलोवाटको पिक पावर र एक सय ५७ एनएमको प्रभावशाली अधिकतम टर्क दिने कम्पनीले जनाएको छ । यस विद्युतीय सवारीलाई पावर दिन तीन किलोवाट एलएफपी ब्याट्रीको प्रयोग गरिएको छ । साथै, यो अनबोर्ड स्मार्ट ब्याट्री व्यवस्थापन प्रणालीसँग सुसज्जित छ ।

प्राइमसले एकल चार्जमा एक सय सात किलोमिटरको एआरएआई प्रमाणित गरेको छ । स्कुटरमा ब्लुटुथ जडानका साथ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यस्तै, सुरक्षाको लागि प्राइमसको अगाडिको भागमा डुअल हाइड्रोलिक टेलिस्कोपिक फोर्क सस्पेन्सन र डुअल एडजस्टेबल रियर सस्पेन्सन राखिएको छ । यस्तै, प्राइमसले पहाडी भू–भाग र अफ–रोड ट्रेलहरू सजिलैसँग नेभिगेट गर्ने कम्पनीले बताएको छ । प्राइमसको मोटर र ब्याट्रीमा तीन वर्ष वारेन्टी पाइने कम्पनीले जनाएको छ । कम्पनीले यो स्कुटरको मूल्य नेपालमा तीन लाख ५९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

यस्तैगरी कम्पनीको एम्पियर म्याग्नस ईएक्समा एक दशमलव आठ किलोवाट पीक पावर र ८६ एनएम अधिकतम टर्क भएको हब–माउन्टेड (बीएलडीसी) मोटर रहेको छ । साथै, यसमा मात्र पाँच घण्टामा पूरा चार्ज हुने दुई दशमलव तीन किलोवाट क्यान–सक्षम लिथियम–आयन ब्याट्री जडान गरिएको छ ।

यसमा सुरक्षा र सुविधाको लागि एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र एलईडी हेडल्याम्प समावेश छ । अगाडि दोहोरो हाइड्रोलिक टेलिस्कोपिक फोर्क सस्पेन्सन र रियर सस्पेन्सनले यसको सुरक्षालाई प्राथमिकता दिने बताइएको छ । यसको पनि मोटर र ब्याट्रीमा तीन वर्ष वारेन्टी दिइएको छ । कम्पनीले यसको मूल्य नेपाली बजारमा दुई लाख ९९ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया