साधना लघुवित्तको नाफा खुम्चियो
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको खुद नाफामा संकुचन आएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० मा दुई करोड ७९ लाख ४२ हजार पाँच सय ६४ रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा झण्डै १० करोड रुपैयाँले कम हो । अघिल्लो आवमा संस्थाले १२ करोड २० लाख ६४ हजार छ सय २४ रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको चुक्ता पुँजी हाल १८ करोड २२ लाख ५८ हजार तीन सय ४५ रुपैयाँ रहेको छ । संस्थाले आव २०७९/८० मा एक अर्ब २८ करोड ३७ लाख ८५ हजार तीन सय ५७ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब आठ करोड ८४ लाख ६२ हजार पाँच सय ९३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड ५३ लाख एक हजार एक सय ८४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा २७ लाख ६२ हजार नौ सय ४४ रुपैयाँ रहेको संस्थामा तीन दशमलव ४४ प्रतिशत स्प्रेडदर रहेको छ । अघिल्लो आवमा भने संस्थाले एक अर्ब ३४ करोड २१ लाख ९० हजार चार सय २६ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४२ करोड ६५ लाख २९ हजार एक सय १९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३३ करोड एक लाख एक हजार सात सय ६९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव २५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर छ दशमलव २४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया