अमेरिकामा ब्याजदर वृद्धिले डलर सूचकाङ्क बढ्यो
नयाँदिल्ली । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउँदै लगेपछि अन्तर्राष्ट्रिय बजारमा डलर थप बजबुद बन्दै गएको छ । मंगलबार डलर सूचकाङ्कको मूल्य १० महिनायताकै उच्च विन्दुमा पुगेको छ । ब्याजदरमा भएको उच्च वृद्धिले डलर सूचकाङ्क एक सय छ दशमलव दुई विन्दुमा पुगेको थियो । जुन सन् २०२२ नोभेम्बरपछिको सबैभन्दा उच्च हो ।
गतवर्ष नोभेम्बरमा डलर सूचकाङ््क एक सय पाँच दशमलव ९५ विन्दुमा थियो । अमेरिकी केन्द्रीय बैंकले मुद्रास्फीति दर बढ्दै गएपछि ब्याजदर बढाएर नियन्त्रण गर्न खोजिरहेको छ । यही कारण डलर सूचकाङक बढ्दै गएको अर्थशास्त्रीहरूले टिप्पणी गरेका छन् ।
फेडरल रिजर्भका नीतिनिर्माता नील काश्करीले सोमबार अमेरिकी अर्थतन्त्रको बललाई ध्यानमा राख्दै ब्याजदर फेरि बढ्नुपर्ने बताएका छन् । उनले मुद्रास्फीति दुई प्रतिशतमा नझर्दासम्म ब्याजदर उच्च राख्नुपर्ने बताए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया